तस्करीका कारण पाकिस्तानी अर्थतन्त्र नराम्ररी प्रभावित « Khabarhub

तस्करीका कारण पाकिस्तानी अर्थतन्त्र नराम्ररी प्रभावित


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- तस्करीका कारण पाकिस्तानको अर्थतन्त्रमा नराम्रो असर परिरहेको पाइएको छ । पाकिस्तानको इन्टिलिजेन्स ब्यूरो (आईबी) ले सार्वजनिक गरेको तस्करी, कर छली, लागूऔषध कारोबार, मुद्राको अवैध व्यवसाय र अफगान नाकाको दुरुपयोगसम्बन्धी प्रतिवेदनमा यस्ता अवैध गतिविधिबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाइएको छ ।

प्रतिवेदनमा अवैध रुपमा इरानबाट तस्करी हुने तेलका कारण मात्रै अर्थतन्त्रमा २२ खर्ब पाकिस्तानी रुपैयाँ बराबरको नोक्सान हुने गरेको उल्लेख छ । यस्तो तेल पहिले अवैध पेट्रोल पम्पहरुमा मात्रै पाइने भएता पनि आजकल भने देशभरका पेट्रोल पम्पमा पाइने द न्यूज पाकिस्तानले जनाएको छ ।

अनुसन्धानबाट ७६ पारवहन र २९ तस्कर एवम् मतियार फेला परेको आईबीको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा जनाइएअनुसार देशभरका ९९५ वटा अवैध एवम् दर्ताबिना सञ्चालित पेट्रोल पम्पहरुले इरानबाट तस्करी गरिएको तेल खरिद गर्दै आएको पनि पाइएको छ ।

पाकिस्तानी रुपैयाँको भारी अवमूल्यन, धितोपत्र बजारमा तीव्र उतार चढावजस्ता कारणले लगानीकर्ताहरु विदेशी मुद्रातर्फ आकर्षित हुन थालेको प्रतिवेदनमा जनाइएको छ । त्यसबाहेक अफगानिस्तानबाट हुने लागूऔषध तस्करीले पनि पाकिस्तानी अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १२ : ५१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क