९ क्विन्टल गाँजासहित दुईजना पक्राउ « Khabarhub

९ क्विन्टल गाँजासहित दुईजना पक्राउ


३१ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर –सशस्त्र प्रहरी बल १४ नं गढ हेडक्वार्टर मकवानपुरले हेटौँडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ ।

टोलीले आज बिहान ४ बजे हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय एन एल ०१ एसी २१४४ नंको ट्रकबाट नौ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताए।

विशेष सूचनाका आधारमा सवारी खानतलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको कार्कीले बताए ।

बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखी पुनः वेल्डिङ गरेर लुकाई ल्याएको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए । पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेको कार्कीले बताए ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ९ : ५७ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको