सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनु आवश्यक : मुख्यमन्त्री पाण्डे « Khabarhub

सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनु आवश्यक : मुख्यमन्त्री पाण्डे


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् ।

६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उनले सीमित साधनस्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उनले समयानुसार बढिरहेको  सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधनस्रोत सम्पन्न बनाउनु जरुरी भएको बताए ।

स्थापनाकालमा सात हजार पाँच सय जनशक्ति लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्तिसुरक्षाको जिम्मेवारीका साथ सङ्गठित नेपाल प्रहरी हाल ८० हजार जनशक्ति लिएर तीन करोड नेपालीको सुरक्षा गरिहेको मुख्यमन्त्री पाण्डेले बताए। देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपद्का बेला पनि नेपालमा सुरक्षा संयन्त्रले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उनले बताए।

‘भूकम्प, कोभिड, बाढी पहिरो, दुर्घटना लगायतका हरेक विपत्तिमा राज्यको पहिलो उपस्थितिको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएका छन्’, मुख्यमन्त्री पाण्डेले भने। 

राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी सुरक्षाकर्मीको रहेको उल्लेख गर्दै उनले सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको बताए । पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले पटक-पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्तिका साथै नागरिकसँगको  व्यवहार, आपतकालीन सहयोग आदिले सङ्गठन भित्रको विश्वसनियता बढ्दै जाने बताए ।

उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले अमरत्व प्राप्त गर्ने प्रहरीहरूको सम्मानमा पुष्पार्पण गरेका थिए । कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने प्रहरी कर्मचारी,  खेलकुदतर्फ उत्कृष्ट कर्मचारी, अमर तथा अशक्त प्रहरीका परिवारजनलाई सम्मान गरिएको थियो । 

निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले देश तथा जनताको शान्तिसुरक्षाका लागि अहोरात्र खटिरेहको प्रहरी सङ्गठन आफ्नो कर्तव्य तथा  जिम्मेवारीलाई सधैँ आत्मसात् गर्दै अघि बढिरहेको बताए। 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १ : ५३ बजे

अमेरिकाले कब्जा गरेको जहाजका २० इरानी नाविक तेहरान फर्किए

काठमाडौं- अमेरिकाले कब्जा गरेको इरानी जहाजमा सवार २० जना नाभिक

कोशी लोकसेवा आयोगमा फुदोङ र ओझा नियुक्त

काठमाडौं– कोशी प्रदेशको प्रदेश लोकसेवा आयोगको सदस्यमा मोरङ उर्लाबारीका भीम

इरान युद्ध : हमला रोक्ने वा जारी राख्ने विषयमा ट्रम्प र नेतन्याहूबीच मतभेद, फोन संवादमै दुई जनाबीच विवाद

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौं– आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि