सेल्सवेरीको दसैँ अफर: इलेक्ट्रोनिक्स सामानमा ३० प्रतिशतसम्म छुट  « Khabarhub

सेल्सवेरीको दसैँ अफर: इलेक्ट्रोनिक्स सामानमा ३० प्रतिशतसम्म छुट 


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीहरूको महान् पर्व दसैँ तथा कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यो अफर सेल्सवेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरू र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरूमा लागु हुनेछ ।

घरायसी, खाद्यान्न तथा किचनका सामानहरूमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले जनाएकाे छ । यसका साथै क्यास ब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको कमपनीले जारी गरेकाे प्रेस बिज्ञप्तिमा उल्लेख गरीएकाछ ।

वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेकट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने व्यवस्थासमेत सेल्सवेरीले मिलाएको छ ।

त्यसै गरी सेल्सवेरीले काठमाडौँको महारागञ्जमा नेपालकै ठूलो र सुविधा सम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ । स्थापनाको ३०औँ वार्षिकोत्सवको सन्दर्भ र दसैँको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याउन सफल भएको हो ।

अत्याधुनिक सुविधा सम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँ पनको झझल्को दिन सेल्सवेरी सफल भएको प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङगले जानकारी दिए । ‘यो भवन सपिङमा नयाँ गन्तव्यका रूपमा विकसित हुनेछ,’ उनले भने, ‘नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण हामीले दिदैछौँ ।’

ग्राहकले ग्रोसरी, घरायसी, इलेकट्रोनिक्स लगायत सम्पूर्ण सामानहरू एकै भवनबाट ग्राहकले खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ५ : ०० बजे

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा