विश्वकप फुटबल एसियाली छनोट : नेपाल यूएईसँग पराजित « Khabarhub

विश्वकप फुटबल एसियाली छनोट : नेपाल यूएईसँग पराजित


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबल एसियाली छनोटमा नेपाल यूएईसँग ४-० ले पराजित भएको छ। बिहीबार राति यूएईको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा चार गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिएर प्रदर्शन गरेको थियो ।

यूएईका लागि अलि अहमद मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी र फाबियो भर्जिनियो लिमाले एक /एक गोल गरे ।

खेलको १० औं मिनेटमा खालिफाले यूएईलाई सुरुवाती अग्रता दिलाएका थिए । यूएईले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अलि अहमदले खेलको ३६ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।

खेलको ४४ औं मिनेटमा हेड मार्फत् अल अहमदले गोल गर्दै यूएईलाई ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा फाबियो लिमाले थप अर्को गोल गर्दै यूएईलाई ४–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा कमजोर देखिएको नेपालले दोस्रो हाफमा गल्ती सुधार गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । खेलको ८१ औं मिनेटमा नेपालका मनिष डाँगीको प्रहार यूएईका गोल रक्षकले मुस्किलले बचाएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ५ : ४१ बजे

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्रबिना नै सुरु भयो रास्वपा बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले