चिसो समयमा मुखबाट बाफ निस्कन्छ ? « Khabarhub

चिसो समयमा मुखबाट बाफ निस्कन्छ ?


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चिसो समयमा हामीले श्वास फेर्दा मुखबाट बाफ निस्केको हामीले देखेका छौँ । सबैको मनमा प्रश्न उठ्न सक्छ कि जाडोमा मात्र किन मुखबाट बाफ निस्केको देखिन्छ ? आज हामी यसैको बारेमा चर्चा गर्नेछौँ ।

श्वास फेर्ने क्रममा हामीले अक्सिजन लिँदा शरीरमा कार्बनडाइअक्साइड र पानी उत्पन्न हुन्छ । हाम्रो फोक्सोले यो पानीलाई वाष्पीकरण गरेपछि श्वास फेर्दा जलवाष्पका रूपमा मुख वा नाकबाट त्यो बाफ निस्कन्छ ।

सास लिँदा अनि खाना पचाउँदा पनि शरीरमा पानी बन्छ । हामीले दिनदिनै पिउने पानी पिसाब, पसिना र बाफका माध्यमले शरीरबाट बाहिरिन्छ । जाडोमा शरीरभित्रभन्दा वायुमण्डलको तापक्रम कम हुन्छ ।

शरीरमा भएको जलवाष्प श्वासको माध्यमबाट बाहिर निस्किँदा पानीको ससाना थोपाको वाष्प बन्न जान्छ । जुन बादल वा धूवाँ जस्तो देखिन्छ । त्यसैलाई हामी बाफ निस्केको भन्दछौँ ।

गर्मीमा चाहिँ शरीरभित्रको र वायुमण्डलको तापक्रमको अनुपात समान जस्तै हुन्छ । त्यसैले त्यसबेला श्वास फेर्दा जलवाष्प बाहिर निस्किँदा गर्मीमा मुखबाट बाफ निस्केको देखिँदैन ।

 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ०८ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै