टिकटक प्रतिबन्ध कति जायज ? | Khabarhub Khabarhub

टिकटक प्रतिबन्ध कति जायज ?


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नेपाल सरकारले सामाजिक सद्भावमा नकारात्मक असर पारेको देखाउँदै चिनियाँ भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यस विषयमा प्रष्टिकरण दिँदै सरकारले घृणापूर्ण भाषणको प्रवृत्तिलाई प्रोत्साहन गरेकोमा टिकटकको आलोचना गर्दै नेपाली समाजको ठूलो वर्गबाट यो एप प्रतिबन्ध लगाउन माग हुँदै आएको बताएको छ।

संविधानमा उल्लिखित अभिव्यक्ति स्वतन्त्रतालाई आधारभूत अधिकार भनिए पनि समाजको एक ठूलो वर्गले घृणित भाषणको प्रवृत्तिलाई प्रोत्साहन गरेकोमा टिकटकको आलोचना गर्ने गर्छन् । विगत चार वर्षमा भिडियो सेयरिङ एप टिकटकविरुद्ध साइबर अपराधका १ हजार ६४७ उजुरी परेका छन्।

यसलाई निराकरण गर्न नेपाल प्रहरीको साइबर ब्यूरो, गृह मन्त्रालय र टिकटकका प्रतिनिधिबीच गत साता छलफल भएको थियो । तर समुचित व्यवस्थापनको प्रत्याभूति नआउँदा सरकारले ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०२३’ प्रयोग गरेर पछिल्लो निर्णय गरेको हो।

नयाँ नियमअनुसार नेपालमा सञ्चालित सामाजिक सञ्जालले अब देशमै आफ्नो सम्पर्क कार्यालय खोल्नुपर्ने हुन्छ। गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फेसबुक, एक्स (ट्विटर), टिकटक र युट्युबलगायतका सामाजिक सञ्जाललाई नेपालमा सम्पर्क कार्यालय खोल्न अनिवार्य गरेको थियो।

बाइट डान्सको स्वामित्वमा रहेको छोटो (भिडियो होस्टिङ सेवा टिकटक एउटा एन्ड्रोइड एप हो । जसको चिनियाँ मूल कम्पनी म्यगथष्ल थियो। यसले प्रयोगकर्ताद्वारा प्रस्तुत गरिएका भिडियो होस्ट गर्छन् । जुन ३ सेकेन्डदेखि १० मिनेटसम्मको हुनसक्छ तर यसको बहुसङ्ख्यक प्रयोगकर्ताले १५ देखि ३० सेकेन्डको भिडियो बनाउने र सेयर गर्ने गर्छन्। यसमा सम्पादन गर्न धेरै विकल्प पाइन्छ । जसको माध्यमबाट आफ्नो भिडियोलाई अझ राम्रो बनाउन सकिन्छ, जस्तै भिडियोमा गीत थप्ने र प्रसारित गर्न सकिन्छ।

नयाँ नियमअनुसार नेपालमा सञ्चालित सामाजिक सञ्जालले अब देशमै आफ्नो सम्पर्क कार्यालय खोल्नुपर्ने हुन्छ। गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फेसबुक, एक्स (ट्विटर), टिकटक र युट्युबलगायतका सामाजिक सञ्जाललाई नेपालमा सम्पर्क कार्यालय खोल्न अनिवार्य गरेको थियो।

विश्वभर इन्टरनेट प्रयोगकर्ताहरूको पाँचौं स्थानमा रहेको मानिने चीनलाई विश्वव्यापी रूपमा पहुँच विस्तार गर्न आवश्यक देखेर टिकटकको मूल कम्पनी बाइटडान्सले सेप्टेम्बर २०१७ मा अन्तर्राष्ट्रिय बजारमा टिकटकको रूपमा एप लन्च गरेको थियो। जनवरी २०१८ मा थाइल्याण्डसहित कतिपय देशमा निःशुल्क डाउनलोड हुनसक्नेमध्ये टिकटक पहिलो स्थानमा थियो।

विश्व स्तरमा ४० भाषाबाट भिडियो प्रसारित हुनसक्ने टिकटकमा शेयर भएका भिडियो अन्य व्यक्तिहरूले हेर्न, लाइक र कमेन्ट पनि गर्न सक्छन्। टिकटकमा डबिङ भिडियोहरू पनि बनाइन्छ । जसमा प्रयोगकर्ताहरूले कुनै पनि गीत, संवाद वा कुनै सङ्गीतमा लिप्सिङ (lip-synching) गरेर छोटो भिडियोहरू बनाउन सक्छन् । टिकटकमार्फत् छोटो समयमा नै विश्वभर आफ्नो छुट्टै पहिचान बनाउन सक्छन्। अहिलेसम्म विश्वभरबाट ५० करोडभन्दा बढी मानिसले टिकटकमा आफ्नो भिडिओ डाउनलोड गरिसकेका छन् ।

टिकटकले सुरुवातदेखि नै विश्वव्यापी लोकप्रियता हासिल गरेको पाइन्छ। अक्टोबर २०२० मा विश्वव्यापी रूपमा २ अर्ब डाउनलोड पार गरेर टिकटक, जुम र पिकअप पछिको तेस्रो सबैभन्दा छिटो बढ्ने इन्फोटेक ब्रान्ड बन्न सफल भयो। पछि २०२१ मा गुगललाई पनि उछिन्दै यो सबैभन्दा लोकप्रिय बन्यो। यसकारण टिकटकको लोकप्रियताले विश्वव्यापी प्लेटफर्ममा सांस्कृतिक प्रभाव बढाएको छ।

टिकटकमार्फत् छोटो समयमा नै विश्वभर आफ्नो छुट्टै पहिचान बनाउन सक्छन्। अहिलेसम्म विश्वभरबाट ५० करोडभन्दा बढी मानिसले टिकटकमा आफ्नो भिडिओ डाउनलोड गरिसकेका छन् ।

संयुक्त राज्य अमेरिकामा मात्र टिकटक एपलाई १३ करोड भन्दा बढी पटक डाउनलोड गरिएको छ । विश्वभर दुई अर्ब डाउनलोड पुगेको छ। मोबाइल अनुसन्धान फर्म सेन्सर टावरको डेटा अनुसार यी तथ्याङ्कहरूमा चीनबाट एन्ड्रोइड प्रयोगकर्ताहरू समावेश गरिएका छैनन्। व्यवसायिक साझेदार डोयिङ (म्यगथष्ल) संग छुट्टिएर प्रायोजित भिडियो र ह्यासट्याग चुनौतीहरू जस्ता नयाँ मार्केटिङ अवसर ल्याई जुलाई २०२० अर्थात चार वर्षभन्दा कम समयमा नै टिकटकले विश्वव्यापी मासिक सक्रिय प्रयोगकर्ता लगभग ८० करोड रहेको बताएका थिए।

सेप्टेम्बर २०२१ मा टिकटकको दाबीअनुसार यसले एक अर्ब प्रयोगकर्ताबाट विज्ञापनमार्फत ४ अर्ब डलर राजश्व कमाएको थियो जुन २०२३ मा बढेर १४ अर्ब डलर भन्दा बढी संकलन हुने अनुमान गरिएको छ। टिकटकले युवा प्रयोगकर्ताहरूलाई बढ़ी आकर्षित गरेको पाइन्छ।

यसका ४१५ प्रयोगकर्ताहरू १६ देखि २४ वर्ष उमेर समूहका छन् जसलाई जेनेरेसन (जेड) भनिन्छ। यी टिकटक प्रयोगकर्तामध्ये ९० प्रतिशतले दैनिक प्रयोग गर्ने गरेको बताइन्छ। प्रतिबन्धमा जानु अघि २०१९ मा नयाँ टिकटक प्रयोगकर्ताहरू मात्र भारतबाट ४३ प्रतिशत थिए।

२०२१ मा गुगललाई पनि उछिन्दै यो सबैभन्दा लोकप्रिय बन्यो। यसकारण टिकटकको लोकप्रियताले विश्वव्यापी प्लेटफर्ममा सांस्कृतिक प्रभाव बढाएको छ।

तथ्याङ्क अनुसार सन् २०२२ को पहिलो त्रैमासिकमा अमेरिकाबाट १० करोड मासिक सक्रिय प्रयोगकर्ताहरू थिए । बेलायतमा दुई करोडभन्दा बढ़ी। दुनियाँभर इन्टरनेटका औसत प्रयोगकर्ता लगभग १ घण्टा २५ मिनेट दैनिक रूपमा टिकटकमा खर्च गर्छन् । जसमा यसलाई कम्तीमा १७ पटक खोल्ने गरिन्छ। जुलाई २०२३ सम्ममा बेलायती किशोर किशोरीका लागि सामाजिक सञ्जालमा टिकटक प्राथमिक समाचार स्रोत बनेको देखिन्छ । जसमा खासगरी १२ देखि १५ वर्ष उमेर समूहकाले यो प्लेटफर्मलाई बढ़ी विश्वास गरेको देखिन्छ ।

आफ्नै देशबाट सञ्चालित भए पनि नाबालिगहरू टिकटक एपलाई कसरी प्रयोग गर्ने भनेर चीनले कडा रूपमा नियमन गर्छ । विशेष गरी २०१८ मा सरकारी दवाबका कारण टिकटकको मूल कम्पनी बाइटडान्सले नाबालिगहरूका लागि अभिभावकीय नियन्त्रणहरू र ज्ञान आदान प्रदान जस्ता औपचारिक सूचीकृत सामग्री मात्र देखाउन सकिन्छ। जबकी ठट्टा, अन्धविश्वासहरूलाई प्रतिबन्ध लगाउने (टिनएज मोड) ल्याइएको छ जुन अनिवार्य छ। त्यस्तै १४ वर्ष मुनिका प्रयोगकर्ताका लागि अनिवार्य स्क्रिन समय सीमा राखिएको हुन्छ। नाबालिगलाई उनीहरूको उमेरको बारेमा झुटो बोल्न वा वयस्कको खाता प्रयोग गर्नबाट रोक्नको लागि खाताहरूलाई वास्तविक पहिचानमा लिङ्क गर्न आवश्यक छ।

मार्च २०२३ मा टिकटकले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि डिफल्ट स्क्रिन समय सीमा घोषणा गरेको छ । १३ वर्षभन्दा कम उमेरकालाई आफ्नो समय विस्तार गर्नका लागि आफ्ना अभिभावकबाट पासकोड लानुपर्ने नियम बनाएको छ। तर शुरुआतमा लोकप्रिय वेबसाइट रहँदै आएको टिकटक पछिल्लो समयमा विवादास्पद बन्दै गएको देखिन्छ। सन् २०२२ मा प्रकाशित एक रिपोर्टअनुसार व्यक्तिगत प्रभावलाई अवमूल्यन गर्ने प्रवृत्ति यस प्लेटफर्ममा प्रभावकारी मार्केटिङको रूपमा लोकप्रिय भएको थियो। यस प्रवृतिमा भाग लिने टिकटक भिडियो बनाउनेहरूले प्रभावकारी व्यक्ति वा संस्थाद्वारा प्रवर्द्धन गरिएका उत्पादनहरूको आलोचना सहितको भिडियो बनाएर आफ्ना दर्शकलाई उनीहरूले आफूलाई मन नपर्ने उत्पादन प्रयोग नगर्न आग्रह गरेका थिए।

सन् २०२२ मा प्रकाशित एक रिपोर्टअनुसार व्यक्तिगत प्रभावलाई अवमूल्यन गर्ने प्रवृत्ति यस प्लेटफर्ममा प्रभावकारी मार्केटिङको रूपमा लोकप्रिय भएको थियो।

टिकटक प्रयोगकर्ताको अतिरञ्जित प्रचारबाजीको कारण विश्व बजारबाट बेलाबखत कतिपय औषधि अभावसमेत हुने गरेको देखिन्छ। नोभेम्बर २०२२ मा अष्ट्रेलियाको चिकित्सा नियामक निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशन (टिजिए)ले मधुमेहको औषधि ‘ओजेम्पिक’ को विश्वव्यापी अभाव भएको बताएको थियो। टिजिएका अनुसार एक्कासी माग बढेको मुख्य कारण तौल घटाउने उद्देश्यका लागि औषधिको अफ–लेबल प्रिस्क्रिप्शनमा वृद्धि थियो।

यसैगरी डिसेम्बर २०२२ मा अमेरिकाले पनि औषधि अभावको सामना गरेको थियो। टिकटकमा वजन घटाउने अतिरञ्जित प्रचारको कारणले औषधिको मागमा ठूलो वृद्धि भएको थियो। उक्त औषधि बारे अपलोड भिडियोहरूलाई ३६ करोड भन्दा बढ़ी पटक हेरिएको कारण एकैसाथ माग बढेर औषधि अभाव भएको थियो ।

टिकटकलाई रणनीतिक प्रयोग पनि गर्ने गरेको पाइन्छ। मध्यपूर्वको द्वन्द्वग्रस्त क्षेत्रमा पनि यसको प्रयोग भइराखेको छ। फेसबुक र ट्वीटर जस्ता प्लेटफर्महरूले ब्लक गरेपछि प्यालेस्टिनीहरूले आफ्नो प्रचार गर्न टिकटकको सहारा लिएका रिपोर्ट छन्। यसबारे विश्लेषकले यस चिनियाँ एप टिकटकलाई इजरायली विरुद्धको आक्रमणलाई प्रशंसा गर्ने र भिडियोमार्फत हिंसा भड्काउने ‘खतरनाक प्रभावको उपकरण’ भएको आरोप लगाए। प्यालेस्टिनी लडाकु समूहले टिकटकमार्फत् आफ्नो लोकप्रियता बढाउनसमेत प्रयोग गरेका थिए।

डिसेम्बर २०२२ मा अमेरिकाले पनि औषधि अभावको सामना गरेको थियो। टिकटकमा वजन घटाउने अतिरञ्जित प्रचारको कारणले औषधिको मागमा ठूलो वृद्धि भएको थियो। उक्त औषधि बारे अपलोड भिडियोहरूलाई ३६ करोड भन्दा बढ़ी पटक हेरिएको कारण एकैसाथ माग बढेर औषधि अभाव भएको थियो ।

टिकटकमा प्रसारित सामग्रीहरू कहिलेकाँही आपत्तिजनक समेत हुनेगरेको तथ्य छ। इन्डोनेसिया, बङ्गलादेश, भारत र पाकिस्तान लगायतका कतिपय देशले टिकटकमा रहेको सामग्रीलाई अश्लील, अनैतिक, अभद्र र प्रोत्साहनजनक पोर्नोग्राफीको रूपमा हेरेकाले त्यसको बारेमा चिन्ता व्यक्त गर्दै सम्बन्धित सामग्रीलाई अस्थायी ब्लक गरेर चेतावनी जारी गरेका थिए। यसबाहेक चिनियाँ मिडिया वाचडगहरूले समेत ‘अस्वीकार्य’ सामग्री देखाएको भन्दै यिनलाई हप्काएका थिए।

टिकटकविरुद्ध  विभिन्न अदालतमा मुद्दा
दर्ता भएर विचाराधीन छन्। अमेरिकाको इंडियाना राज्यका महान्यायाधिवक्ताले प्लेटफर्ममा ‘जानाजान यौन सामग्री र नग्नता’ जस्ता अनुपयुक्त विषयवस्तु नाबालिगसँग उजागर गरेको आरोपमा मुद्दा दायर गरेका थिए।

नोभेम्बर २०१९ मा टिकटकले ट्यानसेन्ट र अलिबाबाको स्वामित्वमा रहेका चीनस्थित सर्भरमा क्यालिफोर्नियाबाट अमेरिकनको व्यक्तिगत जानकारी हस्तान्तरण गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो। मुद्दामा टिकटकको मूल कम्पनी बाइटडान्सलाई बिना अनुमति प्रयोगकर्ताको सामग्री लिएको आरोप लगाइएको थियो।

लोकतान्त्रिक शासन व्यवस्थामा आमजनताबाट स्वशासन र आत्मनियन्त्रणको आशा गरिन्छ। हरेक विषयलाई मात्र सरकारबाट नियन्त्रण वा नियमन सम्भव छैन। आम नागरिकले स्वतन्त्रतालाई अक्षुण्ण राख्न अनुशासित हुनैपर्छ। यसमा कुनै वैकल्पिक उपाय रहदैन।

यस अतिरिक्त टिकटकले प्लेटफर्ममा ‘ब्ल्याकआउट चुनौती’ (Blackout challenge) जसमा अरु वा आफैंलाई ब्ल्याकआउट (पास आउट) नभएसम्म अर्थात श्वास रोकिएसम्म घाँटी थिचेर राख्ने खेल सामग्री होस्ट गरेको आरोप लगाउँदै धेरै मुद्दा दायर गरिएको छ। उक्त खेलका कारण कम्तिमा सात बालबालिकाको मृत्यु भएको दाबी गरिएको छ।

नेपाली समाजबाट विभिन्न सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने मागसहित बारम्बार आग्रह हुने गरेकोले फेसबुक, एक्स (ट्विटर), टिकटक र युट्युब लगायतका सबैलाई व्यवस्थापन गर्न खोजिएको देखिन्छ। तर सरकारबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय आलोचित हुनपुगेको छ। गठबन्धनमा रहेका दलहरूका कतिपय नेताहरूबाट पनि यस प्रतिबन्धलाई फुकाउन भनिएको छ। खास गरेर सामाजिक सञ्जाललाई प्रयोग गरेर राजनीतिमा स्थापित हुने नेताहरू यसबारे बढी प्रतिक्रियात्मक छन्। जनतामा रहेको असन्तुष्टि र आक्रोशलाई आफ्नो राजनीतिक अभीष्ट सिद्ध गर्न प्रयोग हुनेगरेको पाइन्छ । यसको प्रमुख माध्यम सामाजिक सञ्जाल बन्न पुगेको छ।

फेक अकाउन्टबाट भएभरका कुत्सित र दूषित टिप्पणी भैरहेको यथार्थलाई अस्वीकार गर्न सकिन्न। समाजलाई अधिकार चाहिन्छ भने अनुशासित भएर देखाउनुपर्ने पनि उत्तिकै आवश्यक हुन्छ। नियमन मात्र उपचार हुने भए त विकसित राष्ट्रले टिकटकलाई प्रतिबन्ध नै गर्नुपर्ने अवस्था सिर्जना हुने थिएन।

लोकतान्त्रिक शासन व्यवस्थामा आमजनताबाट स्वशासन र आत्मनियन्त्रणको आशा गरिन्छ। हरेक विषयलाई मात्र सरकारबाट नियन्त्रण वा नियमन सम्भव छैन। आम नागरिकले स्वतन्त्रतालाई अक्षुण्ण राख्न अनुशासित हुनैपर्छ। यसमा कुनै वैकल्पिक उपाय रहदैन। अहिले सामाजिक सञ्जालका माध्यमबाट आय आर्जनसमेत हुनेगरेको तथ्य छ । तर त्यसलाई मर्यादित राख्नुपर्ने दायित्व पनि आफ्नै हो। फेक अकाउन्टबाट भएभरका कुत्सित र दूषित टिप्पणी भैरहेको यथार्थलाई अस्वीकार गर्न सकिन्न। समाजलाई अधिकार चाहिन्छ भने अनुशासित भएर देखाउनुपर्ने पनि उत्तिकै आवश्यक हुन्छ। नियमन मात्र उपचार हुने भए त विकसित राष्ट्रले टिकटकलाई प्रतिबन्ध नै गर्नुपर्ने अवस्था सिर्जना हुने थिएन।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : २६ बजे

बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, खोजी केराघारीबाट काभ्रेघाटतिर

चितवन– भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८

परराष्ट्रमन्त्रीसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.

बेलायतमा महिलाविरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’

लण्डन– इङ्ग्ल्यान्ड र वेल्समा दैनिक लगभग तीन हजार महिला हिंसाका

ओलीको निर्देशनपछि ६ वटा उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं- डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको

बिहारमा कोशीको बाढी रोक्न भारतले छुट्यायो ठूलो बजेट, नेपालसँग वार्ता थाल्ने

नयाँ दिल्ली- नेपालको छिमेकी भारतीय राज्य बिहारमा हरेक साल आउने