दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा टिकटकमाथीको रिटमा सोमबारबाट सुनवाइ हुने, प्रदेश र स्थानीय तहलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री, कामको गति बढाउन मन्त्री बस्नेतको निर्देशन, कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल, रास्वपाले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने, छठका लागि चार करोडको केरा आयातलगायतका समाचारले प्रमुख स्थान पाए  । 

प्रदेश र स्थानीय तहलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् ।

तनहुँको आँबुखैरेनी अस्पतालको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

टिकटकमाथीको रिटमा सोमबारबाट सुनवाइ हुने
टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेशी तोकेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको हो ।

कामको गति बढाउन मन्त्री बस्नेतको निर्देशन
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिएका छन् । नेपालीका महत्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उनले निर्देशन दिए।

मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताएकी छन् । दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर) को आज निरीक्षण गर्दै उनले ‘खोसेर खाए पेट भरिन्न, बाडेर खाए भोकै भइन्न’ भन्ने कुरालाई आत्मसात् गरेर आश्रमको व्यवस्थापन गरिएको बताइन्।

स्वास्थ्य क्षेत्र प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी अस्पतालको उद्घाटन समारोहमा आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए।

कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल
नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कँडेललाई दिएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिएका हुन् ।

रास्वपाले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव संकलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने भएको हो ।

सबैमा शौचालयको पहुँच पुग्नुपर्छ :उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले सबै नागरिकमा शौचालयको पहुँच हुनुपर्नेमा जोड दिएकी छन् । विश्व शौचालय दिवस २०२३ का अवसरमा आज लालितपुरमा आयोजित कार्यक्रममा उनले कानुनमा मात्रै सीमित नभएर शौचालयको सरसफाइबारे सबैमा जनचेतनाको विकास हुन आवश्यक रहेको बताइन् ।

नारायणीमा छठको तयारी
चितवनको नारायणी नदीमा छठ पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढले छठ पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माण गरिरहेको छ ।

समितिका उपाध्यक्ष राजेशबाबु गुप्ताका अनुसार यस वर्ष व्रतालुहरूको सुविधाका लागि टेन्ट निर्माण भइरहेको छ ।

छठका लागि जनकपुरमा चार करोडको केरा आयात
छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।

छठमा सिङ्गै केराको घरी भगवान्लाई अघ्र्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।

सबस्टेशन निर्माण सम्पन्न गर्न प्राधिकरणको निर्देशन
काठमाडौँ उपत्यकाभित्र सहजरूपमा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन एक सवस्टेशनको निर्माण तत्काल सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्देशन दिएको छ ।

चिसोका कारण जाजरकोटमा दुई जनाको मृत्यु
चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ०२ बजे

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी