मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो : मन्त्री शर्मा « Khabarhub

मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो : मन्त्री शर्मा


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

देउखुरी– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताएकी छन् । दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर) को आज निरीक्षण गर्दै उनले ‘खोसेर खाए पेट भरिन्न, बाडेर खाए भोकै भइन्न’ भन्ने कुरालाई आत्मसात् गरेर आश्रमको व्यवस्थापन गरिएको बताइन्।

सडकमा रहेका मानसिकरूपमा विक्षिप्त मानिसलाई स्याहार गरेर परिवारसँग पुनर्मिलन गराउने कार्य सबैभन्दा ठूलो धर्म भएको मन्त्री शर्माले जनाइन् । बेवारिस मानवलाई संरक्षण गरेकामा संस्थालाई धन्यवाद दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर काम गर्न र सहयोगको लागि थप योजना तयार गर्न संस्थाका पदाधिकारीलाई आग्रह गरिन् ।  

सेवा घरमा आश्रय लिइरहेकाका लागि भौतिक पूर्वाधार, स्वास्थ्य, खाना र लगाउने कपडाको आवश्यकता पर्ने जनाउँदै मन्त्री शर्माले सरकारको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताइन् । ‘अन्य स्थानमा रहेका सेवा घरले कसरी काम गरेका छन्, त्यसबारे अध्ययन-अवलोकन गरी सेवा घरलाई थप व्यवस्थित बनाउन आवश्यक खाका तयार गर्नुहोस्’, उनले भनिन्। 

सेवाघरका संस्थापक सचिव विजयकुमार पोखरेलले घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको सेवा घरमा अहिले ३८ बाबुआमा र चार छोराछोरी गरी ४२ जना रहेको जानकारी दिए। जिल्लामा सडकबाट एक सय ६० भन्दा बढीलाई उद्धार गरिएको र सयभन्दा बढीलाई घरपरिवारमा पुनर्मिलन गराइएको उनले बताए।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ४ : ३१ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी