स्वास्थ्य क्षेत्र प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे « Khabarhub

स्वास्थ्य क्षेत्र प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी अस्पतालको उद्घाटन समारोहमा आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए। 

मुख्यमन्त्री पाण्डेले भने, ‘सरकारले स्वास्थ्य क्षेत्रको बजेट घटाएको छैन । हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’ गण्डकी प्रदेशमा नौ सय भन्दा बढी डायलासिसका लागि पालो पखिर्नुपर्ने अवस्था रहेकामा अहिले त्यसलाई घटाएर दुई सय ५४ जनामा झारिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

यो वर्षभित्र गण्डकी प्रदेशमा कुनै मिर्गौला बिरामीले डायलासिसका लागि पालो पखिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउँदै पाण्डेले सङ्घ सरकार र दातृ निकायको सहयोगमा त्यसलाई शून्यमा झार्ने प्रयत्न गरिने बताए । मुख्यमन्त्री पाण्डेले क्यान्सरका बिरामीलाई एक लाखसम्म उपचार खर्च दिने निर्णय गरिएको भन्दै दश वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारी अस्पतालमा सेवा निःशुल्क दिने तयारीमा रहेको बताए। 

उनले भने, ‘स्वास्थ्य क्षेत्रमा केही काम गर्ने प्रयत्न गरेका छौँ, स्रोत र साधनको कमीका कारण सोचेजति गर्न सकेका छैनौँ ।’ फरक प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले सङ्घीयताका विरुद्ध आवाज उठ्न थालेको बताउँदै सङ्घीयतालाई बलियो बनाउनुको विकल्प नभएको बताए। धेरै ठूलो बलिदानबाट संघीयता आएकाले यसको सफल कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । 

मुख्यमन्त्री पाण्डेले भने, ‘सङ्घीयताको कार्यान्वयनका लागि प्रधानमन्त्री प्रचण्डको योगदान रहनुपर्छ, उहाँकै कारण आज सङ्घीयता आएको हो ।’ 

परिवर्तनलाई प्रहार गर्न केही तत्व सक्रिय रहेको भन्दै उनले यसतर्फ सचेत रहनुपर्ने बताए। 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : १२ बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने