रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु « Khabarhub

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । कैलालीको टीकापुर-१ का ३६ वर्षीय भरत शाहको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो ।

नेपाल प्रहरीको जागिर छाडेर तीन महिनाअघि युएईबाट रुस पुगेका शाहको शुक्रवार निधन भएको जनाइएको छ । योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । शाहको मृत्यु बारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने दिएको छैन ।

शाहका परिवारले भने कुशको शव बनाएर स्थानीय परम्परा अनुसार दाहसंस्कार समेत गरिसकेका छन् । मृतक शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको बताइएको छ ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : २२ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन