दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु,यू-१९ एसिया कपको उपाधि बङ्गलादेशलाई, राष्ट्रियसभा निर्वाचनमा भाग लिने १२ दलले पाए चुनाव चिन्ह, राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाका लागि आन्दोलनमा जाने लिङ्देनको प्रस्ताव, बजेट कार्यान्वयनको अवस्था निराशाजनक, ५ महिनामा ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च, राष्ट्रिय झण्डा दिवस मनाइयोलगायतका समाचारले प्रमुख स्थान पाए ।

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । कैलालीको टीकापुर-१ का ३६ वर्षीय भरत शाहको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो ।

नेपाल प्रहरीको जागिर छाडेर तीन महिनाअघि युएईबाट रुस पुगेका शाहको शुक्रवार निधन भएको जनाइएको छ । योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।

यू-१९ एसिया कपको उपाधि बङ्गलादेशलाई

यू-१९ एसिया कपको फाइनलमा बङ्गलादेशले युएईलाई १ सय ९५ रनको फराकिलो अन्तरले हराएको छ ।

पाकिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेको युएईले बङ्गलादेशसँग बिर्सन लायक प्रदर्शन गर्‍यो ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिने १२ दलले पाए चुनाव चिन्ह

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ ।

आज बसेको आयोगको बैठकले १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

विकास र समृद्धिमा भन्दा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण्डामै अल्झिरहेको टिप्पणी गरेकी छिन् । काठमाडौँमा भएको एक कार्यक्रममा मन्त्री शर्माले अबको मुद्दा विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

‘विकास र समृद्धिमा लाग्नुपर्नेमा हामी अहिले पनि राजनीतिक मुद्दामै केन्द्रित भइरहेका छौँ । राजनीतिक दल, जनवर्गीय सङ्गठन लगायतले यो कुरा बुझ्न जरुरी छ । अहिले राजनीतिक परिवर्तनको मुद्दामा छैनौँ’, उनले भनिन् ।

राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाका लागि आन्दोलनमा जाने लिङ्देनको प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । काठमाडौँको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा सम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

बैठकमा आफ्नो प्रस्ताव पेस गर्दै लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका हुन् ।

भिजिट भिसामा विदेश जाने १५ सयमध्ये २ सय ४६ जनाको कागजात नक्कली

भ्रमण भिसामा विदेश जान लागेका १ हजार ५ सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा २ सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठित रुपमा यसरी नक्कली कागजात बनाइ भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ ।

यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभइ कामका लागि जाने गरेका छन् । शङ्कास्पद कागजातसहित गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा १ हजार ५ सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये २ सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली देखिएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

जनकपुरधाममा विवाहपञ्चमीको उल्लास

आज मिथिला नगरी निकै सुन्दर भएको छ सखीहरू, चार जनै दुल्हामध्ये जेठो चाहिँ निकै कमाल को छ ।यस्तै सुमधुर लोक गीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको रौनक यति बेला जनकपुरधाममा देखिएको छ ।

प्राचीन मिथिला र अहिले मधेस प्रदेशको राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ । जनक नन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । साताव्यापी महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु यहाँ आएका छन् । सो क्रममा जानकी मन्दिरलगायत यहाँ स्थित देवालयमा बिहानैदेखि पूजा अर्चना गर्नेहरूको श्रद्धालुको भीड लागेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।

राष्ट्रिय झण्डा दिवस मनाइयो

पुस १ गते विभिन्न कार्यक्रम गरी छैठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुरमा विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय झण्डा दिवस मनाएको हो ।

रूस-युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै आयोगले रूसी र युक्रेनी सेनामा भर्ना भएका तथा आक्रमणमा परी मृत्यु र घाइते भएको भन्दै उक्त युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो ।

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कार खारेजीको माग गर्दै आजपाको धर्ना

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सार विभागमा धर्ना दिएको छ ।

४५ प्रतिशत पुरस्कारको व्यवस्थाले कर्मचारी पोस्ने काम मात्रै भएको र जनतालाई कुनै राहत नभएको भन्दै उक्त पार्टीले आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना दिएको हो ।

बजेट कार्यान्वयनको अवस्था निराशाजनक, ५ महिनामा ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च

चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।

यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६ दशमलव ०७ प्रतिशत आम्दानी भएको छ भने २५ दशमलव ८७ प्रतिशत खर्च भएको छ । चालु आवका लागि सरकारले कूल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । मङ्सिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च रू चार खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख अर्थात् वार्षिक लक्ष्यको २५ दशमलव ८७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : ०३ बजे

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश

तनहुँ– तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट

संस्कृति संरक्षाणका लागि मादल बजाउने तालिम

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ– नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्