चिसो बढेसँगै सुनसान ढोरपाटनको बुकी क्षेत्र « Khabarhub

चिसो बढेसँगै सुनसान ढोरपाटनको बुकी क्षेत्र


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बलेवा- छ महिनासम्म बस्तुभाउ र मानिसको चहलपहल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईबस्तु र भेडाबाख्रा पाल्ने किसानले बुकी छाडेपछि सुनसान बनेको हो । बुकीमा हरियो घाँस पलाउनेदेखि नसकिने बेलासम्म यहाँका किसानले बस्तुभाउ लिएर उतै बस्छन् । 

जेठ पहिलो सातादेखि बुकी चढेकाहरुले छ महिना यहाँका अस्थायी टहरामा रात कटाउँछन् । घरबाट निस्कने बेला नै छ महिनालाई पुग्ने खर्च लिएर बुकी उक्लेका किसानको खर्च सकिएसँगै चिसो बढेपछि बुकी सुनसान भएको हो । ढोरपाटन घट्टेचौरका पशुपालक कृषक भीमबहादुर विकका अनुसार बुकीका गोठाला, गाईवस्तु र भेडाबाख्रा भैसी झरेका छन् । ‘बुकी भएपछि हतपत तल झर्ने कुरा हुँदैन, बन्दोबस्ती सबै गरेर जानुपर्छ’, उनले भने, ‘चिसो बढेपछि गोठ लिएर बेँसी झर्नै पर्छ ।’

बर्खायामका छ महिना कुनै आकस्मिक समस्या र बिरामी परे मात्रै साथी गोठालालाई आफ्नो पशु हेर्ने जिम्मेवारी दिएर गाउँ फर्कने विकले बताए । छ महिनाको अवधिमा हुने पशुजन्य उत्पादन दूधलाई घिउ तथा मासुलाई सुकुटी बनाउने गरिएको उनले बताए । यहाँका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन हो । बुकी क्षेत्रमा जन्मने पाडा-बाच्छा तथा पाठापाठी गाउँ फर्कने बेलामा हुर्किसकेका हुन्छन् । 

हरियो घाँस सकिँदै जाने र जाडो सुरु भएपछि सबै बस्तुभाउ लिएर ढोरपाटन उपत्यका झर्ने पाखाथरका पशुपालक कृषक डिल्ली भण्डारीले बताए। जाडो सुरु भएपछि गोठालाको घुम्ती बसाइ गाउँमा झरेको छ । गर्मी महिनामा बुकी, मध्यम मौसममा ढोरपाटन उपत्यका र जाडो मौसममा बोबाङका गाउँ क्षेत्रमा गोठाला वस्तुभाउसहित आउने र जाने गर्छन् ।

 गर्मीमा गाउँ छाडेर बुकी र ढोरपाटन गएका गोठाला सम्पत्ति लिएर अधिकारीचौर बोवाङ, निसी, देवीस्थान, बुर्तिवाङ झरेपछि गाउँमा चहलपहल बढेको छ । बुकी र ढोरपाटन क्षेत्र सुनसान भएको ढोरपाटन नगरपालिका-९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए । पहिले बुकी चरणमा जाने गोठालाले वडा कार्यालयलाई तिरो दिने चलन थियो । वडाध्यक्ष घर्तीका अनुसार कृषकले एउटा गाईभैँसीको पचास र एउटा भेडा बाख्राको रु पाँच लिने गरिएको थियो । आफू वडाध्यक्ष निर्वाचित भएपछि कृषकलाई चरण क्षेत्रको तिरो लिन छाडिएको उनले बताए।  

ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक, कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्नेबाहेक कृषक तथा पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका छन् । हिउँदको बाली लगाउन गाई, भैँसी, भेडा लिएर तल झरेका किसान वैशाखमा फेरि बुकी जान्छन् । बुकीबाट झरेका बस्तुभाउलाई गोठालाले मलका लागि बारीमै छाड्ने गर्छन् । मल पुगेपछि खनजोत गरेर हिउँदे बाली लगाउने गरेको वडाध्यक्ष घर्तीले बताए । मकै छरेपछि वैशाख १५ गतेदेखि ढोरपाटन क्षेत्र उक्लने ढोरवासी जेठ १ गतेदेखि ढोरपाटनको बुकी क्षेत्रमा पशुचौपाया लिएर जाने गरेको स्थानीय श्यामकुमार विकको भनाइ छ । 

गाउँ क्षेत्र, ढोरपाटन क्षेत्र र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाले वर्ष गुजार्छन् । हिउँदमा हिमपात हुने र जाडो बढ्ने भएकाले जाडो छल्न बेँसी झरेको कृषकको भनाइ छ । ढोरपाटनका वडा नं ६, ७, ८ र ९ का बासिन्दाको मुख्य आयस्रोत आलु खेती र पशुजन्य उत्पादन हो । ढोरपाटन उपत्यकामा पनि चिढो बढ्दै गएपछि केही स्थानीय जाडो छल्न गाउँ तथा सहरी क्षेत्रमा झर्न थालेका छन् । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १ : ४९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा