कुवेतमा नेपाली घरेलु उत्पादन सामग्रीको स्टल  « Khabarhub

कुवेतमा नेपाली घरेलु उत्पादन सामग्रीको स्टल 


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा नेपाली घरेलु उत्पादनका सामग्रीहरूको स्टल राखिएको छ।

कुवेतको राष्ट्रिय दिवस एवं पर्वको शुभ-अवसर पारेर कुवेतको डिप्लोम्याटिक कोर्प्सले कुवेत सिटीको रुमैथियामा “राष्ट्रिय दिवस र सम्पदा प्रदर्शनी (९६५) ” को ब्यानरमा यही १४-१६ फेब्रुअरी २०२३ मा आयोजना गरेको प्रदर्शनीमा नेपाली हस्तकला, घरेलु उत्पादनका निर्यातयोग्य सामग्री एवं पर्यटकीय महत्त्वका प्रवर्द्धनात्मक सामग्री राखेको नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा करिब दुई दर्जन दूतावासहरू तथा स्थानीय कलासँग सम्बन्धित सामग्री उत्पादकहरूले आ-आफ्ना उत्पादन र कला प्रस्तुत गरेका थिए।

प्रदर्शनी कक्षको अवलोकन गर्न आउने महानुभावहरूलाई नेपाली हस्तकला तथा घरेलु उत्पादनका सामग्री लगायत नेपालको पर्यटकीय महत्त्वका गन्तव्य एवं उत्पादनहरू बारे जानकारी दिइएको थियो।

प्रवर्द्धनात्मक कार्यक्रममा नेपाली दूतावासको सहभागिताले नेपालको पर्यटन क्षेत्र एवं सामाजिक-सांस्कृतिक वैभवता एवं विविधता लगायत केही हदसम्म नेपाली उत्पादनको स्थानीय बजारमा प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि पनि दूतावासले कुवेतको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली मौलिक संस्कृति झल्काउने पोसाक, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखी कार्यक्रममा सक्रिय सहभागिता जनाएको थियो।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : १८ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी