कांग्रेस-माओवादी प्यानललाई हराउँदै एमाले विजयी « Khabarhub

कांग्रेस-माओवादी प्यानललाई हराउँदै एमाले विजयी


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका-६ हौंचुरस्थित शारदा माविको व्यवस्थापन समिति चयनका क्रममा दलीय आधारमा चुनाव भएको छ । नयाँ व्यवस्थापन समिति चयनका क्रममा सहमती नजुटेपछि अभिभावकबीचमै दलीय आधारमा निर्वाचन भएको हो । 

व्यवस्थापन समितिका लागि कांग्रेस र माओवादी केन्द्र समर्थकको एउटा प्यानल तथा एमाले समर्थकको अर्को प्यानल खडा गरेर शुक्रबार निर्वाचन गरिएको हो । निर्वाचनमा कांग्रेस-माओवादी केन्द्रको प्यानललाई हराउँदै एमालेको प्यानल विजयी भएका छन् । 

व्यवस्थापन समितिका लागि पूर्व वडाध्यक्ष समेत रहेका यज्ञ नारायण श्रेष्ठले ७७ मत, वीरबहादुर रोक्काले ७० मत, खड्गकुमारी बरुवालले ७७ मत र मनकुमारी श्रेष्ठले ८४ मत ल्याएर विजयी भएका छन् । यस्तै, कांग्रेस-माओवादी केन्द्र प्यानलका सुरेन्द्र राईले ६६ मत, हरि राईले ६३ मत, डोमु शेर्पाले ६५ मत र विष्णुकुमारी बस्नेत (खड्का) ले ६५ मत पाएर पराजित भएका छन् । निर्वाचनमा कुल १४८ जना अभिभावकले मत हाल्दा १० मत बदर भएको थियो ।

 पटक-पटकको छलफलमा सहमति नजुटेपछि दुई महिला र दुई पुरुष सदस्यका लागि आठ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएसँगै अर्को समिति गठनका लागि विद्यालयले पत्राचार गर्दै गत माघ २७ गते अभिभावकलाई बोलाएको थियो । सो भेलामा व्यवस्थापन समितिमा बस्न २५ जनाले आकांक्षा देखिएपछि पटक-पटक छलफल गर्दा पनि सहमति जुट्न नसकेको प्रअ हर्कबहादुर कार्कीले बताए । 

निर्वाचनबाट चुनिएका चार सहित विद्यालय व्यवस्थापन समितिमा नौ जना रहने व्यवस्था छ । प्रधानाध्यापक स्वतः सदस्य सचिव रहने व्यवस्था छ । निर्मला कार्कीलाई शिक्षक प्रतिनिधिबाट छनौट गरिएको छ । वडाध्यक्ष चिरञ्जीवी कार्की स्वतः पदेन सदस्य रहन्छन् । सात जनाको बैठकले पुःन दुई सदस्य मनोनित गर्ने व्यवस्था छ । 

पछिल्लो समय जिल्लाका कतिपय सामुदायिक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ति परीक्षण गर्ने साधन बन्दै गएको छ । आफ्नो शक्ति परिक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरूको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १ : ४२ बजे

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली