ए डिभिजनमा आज पाँचौँ चरणका अन्तिम तीन खेल हुने | Khabarhub Khabarhub

ए डिभिजनमा आज पाँचौँ चरणका अन्तिम तीन खेल हुने


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज पाँचौँ चरणका तीन खेल हुने भएका छन्।

दिउँसो साढे २ बजे दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी भिड्दा च्यासल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

चार खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स र चार खेलबाट पाँच अंक जोडेको आर्मी आज दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिँदैछन्।

जितविहीन हुँदै तालिकाको पुछारमा रहेको पुलिस आज पहिलो जितको खोजीमा हुँदा न्यूरोड टिमको लक्ष्य पनि पहिलो जित निकाल्नु नै हुनेछ ।

आजको तेस्रो तथा अन्तिम खेलमा बेलुकी साढे ५ बजे मनाङ मर्स्याङ्दी र एपीएफ क्लब तेस्रो जितका लागि दशरथ रंगाशालामा खेल्नेछन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ३८ बजे

पहिलो पटक ग्रीन बण्ड निष्कासन हुँदै

काठमाडौं– नेपालमा पहिलो पटक हरित जर्जा ऋणपत्र (ग्रीन बण्ड) निष्कासन हुने

औषधीको सहज उपलब्धताको लागि समिति गठन

काठमाडौं– नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य

डेडिकेटेड ट्रंकलाइन बक्यौतामा प्राधिकरणले दियो पुनरावलोकनको मौका

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रहेका

सन नेपाल लाइफको हकप्रद शेयर आवेदन खुल्यो

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा मंगलबारदेखि आवेदन

‘कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्छ’

काठमाडौं– सांसद मोहम्मद खालिदले कर्मचारीको सेवासुविधालाई समयानुकूल बनाउन आग्रह गरेका छन्