बालुवाटारमा सत्ता गठबन्धनको बैठक सम्पन्न « Khabarhub

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सम्पन्न


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको बैठकमा भोलि संसद्‌मा प्रस्तुत गर्ने विधेयक र पर्सि सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

एमाले, राप्रपालगायत पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुन: विश्वासको मत लिन लागेका हुन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागिता रहेको थियो । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनपछि मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो । 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ६ : ४२ बजे

एआईमा भारतको लगानीः विशाखापट्टनममा ११ खर्ब डलरमा एआई केन्द्र बन्ने

नयाँ दिल्ली – भारतको रिलायन्स उद्योग समूहले क्यानडाली र अमेरिकी

एनपीएलले विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छः रञ्जित कुमार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका रञ्जित कुमारले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर ११ गते बिहीबार। मंसिर शुक्ल पक्षको

आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ११ गते बिहीबार। मंसिर शुक्ल पक्षको