विराटनगरमा विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु | Khabarhub Khabarhub

विराटनगरमा विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजना अघि सारेको छ । उत्तरी क्षेत्रभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो । केही हप्ताअघि वडा नं १४ स्थित रानीपोखरीमा रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको शिलान्यास गरेको महानगरले सोही ठाउँमा अवस्थित मन्ठापोखरीको सौन्दर्यकरणको काम सुरु गरेको छ । 

मन्ठापोखरी परिसरमा निर्माण हुने संरचनाको महानगरले शुक्रबार शिलान्यास गरेको छ । रछ करोडभन्दा बढी लागतमा निर्माण हुने सुविधा सम्पन्न पार्कको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिलान्यास गरेका हुन् ।

 चुनावताका जनताको बीचमा गरेको प्रतिबद्धताअनुसार तीन योजना सुरु भइसकेको प्रमुख कोइरालाको भनाइ थियो । ‘मैले चुनावताका गरेका वाचा क्रमशः पूरा गर्दैछु’, प्रमुख कोइरालाले भने, ‘प्राचीन विराटराजाको दरबारको संरचना सञ्चालनमा आइसकेको छ । रानीपोखरीको पार्क निर्माण पनि सुरु भएको छ भने मन्ठापोखरीको पनि काम सुरु भएको छ ।’

महानगरले चालु आवका लागि विराटराजा, रानीपोखरी र मन्ठापोखरीका लागि रु तीन करोड विनियोजन गरेको थियो । प्रमुख कोइरालाले विकासका ठूला योजनामार्फत दक्षिणी क्षेत्रको विकासलाई गति दिएको जनाइएको छ । वडा नं १४ का अध्यक्ष सूर्यनारायण महतो, १५ का प्रकाश साह र १८ का जितेन्द्रकुमार साहले दक्षिणी क्षेत्रको विकासले अब गति लिने बताए। उनीहरूले सञ्चालनमा रहेका योजना छिटो सम्पन्न गर्न सहजीकरण गर्नेसमेत प्रतिबद्धता जनाएका छन् । 

आगामी २०८१ माघ १९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि अबको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने ठेक्का पाएको कला विल्डर्सका प्रबन्धक सञ्जयकुमार यादवको भनाइ छ । “मलाई लाग्छ एक वर्षभित्रै हामी काम सकेर महानगरलाई हस्तान्तरण गर्नेछौँ”, यादवले बताए । 

कला विल्डर्सले छ करोड १९ लाख ८६ हजार ठेक्का सम्झौता गरेको छ । मन्ठापोखरीको सौन्दर्यकरणसँगै पार्कसमेत निर्माण हुनेछ । पोखरी परिसरभित्र खुल्ला हल, भजन सेट, डबली, चौतारी, पानीको फोहोरा, बैठक कोठा, सुविधा सम्पन्न शौचालय, व्याडमिन्टन कोर्ट निर्माण गरिनेछ ।

पश्चिम र दक्षिणमा आकर्षक प्रवेशद्वारसमेत निर्माण हुने कला विल्डर्सले जनाएको छ । विल्डर्ससित गत माघ १८ गते निर्माण सम्झौता भएको थियो । रु पाँच करोड १७ लाख ६४ हजार मा ठेक्का लागेको रानीपोखरी ग्रिनपार्कको निर्माण धमाधम भइरहेको छ । 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ५० बजे

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर

पूर्वाधार विकाससहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।