स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल « Khabarhub

स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले भोलि चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ ।

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले आज विज्ञप्ति जारी गर्दै विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न अपिल गरेका हुन् ।

उनले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गरेका हुन् ।

स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको उनले जानकारी दिए । भोलि हुने स्ववियु निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा मतदान हुँदैछ । त्रिविले प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।

स्ववियु निर्वाचनको मतदान भोलि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ५० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको