बेलायतका प्रधानमन्त्रीकी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलर घाटा « Khabarhub

बेलायतका प्रधानमन्त्रीकी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलर घाटा


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतका प्रधानमन्त्री ऋषि सुनककी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलरको नोक्सान भएको छ । 

 सोमबार इन्फोसिस लिमिटेडको शेयरमा भारी गिरावट आउँदा उनलाई सो रकम बराबरको नोक्सानी भएको हो । ऋषि सुनक प्रधानमन्त्री बनेपछि अक्षता मूर्तिलाई अहिलेसम्मकै ठूलो घाटा भएको छ ।

 अक्षता मूर्तिसँग उनका बुबा एन नारायण मूर्तिद्वारा सह–स्थापना गरिएको भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसमा ०.९४ प्रतिशत हिस्सेदारी छ।  ब्लूमबर्गको रिपोर्टका अनुसार सोमबार इन्फोसिसको शेयरमा गिरावट आएपछि ब्रोकरहरूले डाउनग्रेड गर्ने क्रम सुरु भएको थियो । सोमबार मार्च २०२० पछि इन्फोसिसको शेयरमा ९.४ प्रतिशतको को गिरावट आयो, सो गिरावट सो समय पछिको सबैभन्दा ठूलो गिरावट हो ।

यद्यपि, अक्षता मूर्तिलाई भएको क्षति सुनक परिवारको सम्पत्तिको एक अंश मात्र हो। अक्षता मूर्तिको सेयर अझै ४५० मिलियन पाउण्डभन्दा बढी छ । यसैबीच, ऋषि सुनकको कार्यालयले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : २४ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को