शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौँ चरणको खेल सुरु « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौँ चरणको खेल सुरु


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौँ चरणको खेल सुरु हुँदैँछ । जसअनुसार आज दुई खेल हुनेछन ।  

पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ । खुमलटार ९ खेलबाट १० अंक जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७ अंकका साथ लिगको पुछारबाट दोस्रोमा छ । 

यस्तै, अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रनेछन् ।  यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा नै हुनेछ । 

मनाङ ९ खेलबाट १५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ भने आर्मी समान खेलबाट १२ अंकका साथ लिगको आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ९ : २६ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ