मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह « Khabarhub

मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ ।

नागरिकको शान्तिपूर्ण रूपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले म‌ंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा धर्नाका क्रममा झडप हुँदा घाइते भएका व्यक्तिको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न सरकारसँग आग्रह गरिएको छ ।

साथै, विरोध र प्रदर्शन गर्दा मर्यादित र शान्तिपूर्ण रूपमा गर्न धर्नामा बसेकालाई आयोगले अनुरोध गरेको छ । न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवम् धरपकड गरिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले उक्त घटनाको आयोगले स्थलगत अनुगमन गरेको छ । काठमाडौँको शान्ति वाटिकामा शान्तिपूर्ण धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरू प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लगाइएको र सोही क्रममा झडप भएको आयोगको अनुगमनबाट पाइएको छ ।

उक्त धर्नामा रहेका व्यक्तिलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितले प्रयोग गरिरहेको खाना पकाउने ग्यास, खाद्यान्नलगायतका सामग्री जबरजस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धालाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएको आयोगको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

प्रहरीको कुटपिटबाट घाइते भई काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अस्पताल प्रशासन तथा महानगरीय प्रहरीवृत्त दरबारमार्गमा राखिएका व्यक्तिलाई समेत अयोगको अनुगमन टोलीले भेट गरी जानकारी लिएको छ । घाइतेमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीन जना गम्भीर रहेको अनुगमनको क्रममा पाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : २१ बजे

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको