सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउने ५ जना पक्राउ « Khabarhub

सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउने ५ जना पक्राउ


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरस्थित एक सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउनेहरू पक्राउ परेका छन् ।

स्थानीय बासिन्दा रामबहादुर मानन्धरको साढे तीन तले घरको दोस्रो तलामा १२ वर्षदेखि संचालनमा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुत्ताको माला लगाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार काठमाडौँ महानगरपालिका ७ बस्ने वर्ष ४३ को संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालो मोसोसमेत दली जुत्ताको माला लगाउने उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.७ धुन्चेपाखा बस्ने वर्ष ४४ को मुरारी नेपाल, ओखलढुङ्गा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष ३६ कि प्रेमकुमारी तामाङ, झापा कोहोरा गा.पा.०२ घर भई हाल गठ्ठाघर बस्ने वर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०९ बोडे बस्ने वर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङगा लिखु गा.पा.वडा नं.०४ घर भई हाल कौशलटार बस्ने वर्ष ३४ की पबित्रा तामाङ रहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : ५९ बजे

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका

विश्वकप फाइनलपछि पहिलो पटक सार्वजनिक रूपमा देखिए मेस्सी

ब्युनसआयर्स- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी फिफा विश्वकपको फाइनलपछि पहिलो पटक

इरानको दाबी : अमेरिकाका तीन प्रमुख सैन्य अड्डामा जवाफी आक्रमण

तेहरान- इरानले जोर्डन, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा जवाफी