मिटरब्याज पीडित र प्रहरीबीचको झडपबारे अनुसन्धान गर्न समिति गठन « Khabarhub

मिटरब्याज पीडित र प्रहरीबीचको झडपबारे अनुसन्धान गर्न समिति गठन


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।

पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक/एक जना प्रतिनिधि सहभागी छन् । संयोजक पाण्डेले सत्यतथ्य पत्ता लगाई पाँच दिनभित्रमा प्रतिवेदन बुझाउने गरी आज समिति बनेको जानकारी दिइन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भएको पत्रकार भेटघाटमा उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिएका थिए। उनले घाइते भएका प्रहरी र पीडितलाई आफूले भेट गरी स्वास्थ्यलाभको समेत कामना गरेको बताए । उनले उक्त समितिको प्रतिवेदनका आधारमा मन्त्रालय अघि बढ्ने बताए ।

पीडितले आजै अन्तिम दिन हो आन्दोलन गर्ने भन्दै लाँठी, ढुङ्गा थुपारेर बसेको चाल पाएपछि प्रहरीले आवश्यक सावधानी अपनाउँदै गेट लगाउने क्रममा प्रहरीमाथि नै ढुङ्गा प्रहार भएपछि घटना भएको आफूले जानकारी पाएको गृहमन्त्री श्रेष्ठले बताए । जोसुकैबाट घटना भए पनि आफू दुखित भएको उनले बताए ।

सरकारले यसअघि तराईबाट पैदलै काठमाडौँ आएका मिटरब्याजी पीडितसँग एउटा सहमति गरी कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको र आयोग बनाएर आवश्यक अध्ययन अनुसन्धान थालिसकेको अवस्थामा त्यो सम्झौता अपुरो भएको भन्दै पुनः यो समूह आएर आन्दोलन थालेको थियो ।

उनीहरुले सरकारसँग छबुँदे माग राख्दै वार्तासमेत गरे पनि सहमति हुन नसकेपछि शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका थिए । त्यही क्रममा सोमबार घटना भएको थियो । सोमबार भएको झडपमा प्रहरीतर्फ आठ जना र पीडिततर्फ २० जना घाइते भएका काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : ३३ बजे

‘प्राङ्गारिक मलमा अनुदानका लागि सङ्घमा ३५ करोड र प्रदेशमा ११ करोड २४ लाख बजेट प्रस्ताव गरेको छु’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको बजेट विनियोजनलाई

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप

नेपाललाई जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने

‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’ 

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन