तरकारी र फलफूलको आजको मूल्य थाहा पाउनुहोस् « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य थाहा पाउनुहोस्


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठुलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ११०, लोकल सिमी ७०, भटमास कोसा १००, तिते करेला ४०,लौका ४०, परवल ९०, पाकेको फर्सी ४०,  घिरौँला ५०, भिण्डी ६०, स्कूस ४०, कन्ये च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २८०, बन्दा कुरिलो ३००, ब्रोकाउली ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो प्याज ८०, रायो साग ४०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ । कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०, मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ९ : ५९ बजे

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास