बेलकोटगढीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

बेलकोटगढीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको छ भने उनको छोरा निरज घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो । उनको छोरा २० वर्षीय निरजको हातखुट्टासहित शरीरको विभिन्न अंगमा गहिरो चोट लागेकाले अवस्था गम्भीर छ । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२९प ५७५८ नं को मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१–ख २५८४ नं को टिपरले बेलकोटगढी नगरपालिका–७ ठूलोखोलामा आज बिहान १० बजेको समयमा ठक्कर दिएको हो । ठक्कर दिने टिपर र त्यसका चालकलाई कारबाहीका लागि नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ३ : ४२ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना