आफ्नै देशको नागरिकलाई विदेशी बनाउनु देशद्रोही : तेजुलाल चौधरी « Khabarhub

आफ्नै देशको नागरिकलाई विदेशी बनाउनु देशद्रोही : तेजुलाल चौधरी


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले यही वर्षभित्र नगरक्षेत्रका सबै सुकुम्वासीको हातमा लालपूर्जा पर्नेगरी काम गर्न जनप्रतिनिधिहरूलाई अनुरोध गरेका छन् ।  सप्तरीको सुरुङ्गा नगरपालिका १ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिको अझै चार वर्ष काम गर्ने समय रहेको भए पनि राष्ट्रिय भूमि आयोग सीमित समयको लागि गठन भएकोले चाँडो काम सक्नुपर्ने बताए ।

 पूर्वमन्त्रीसमेत रहेका सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सदस्य चौधरीले भने, ‘नेपाली नागरिक भएर पनि पुस्तौँदेखि एकटुक्रा जमिन नाममा नभएकाहरूलाई राज्यले जमिनको मालिक बनाउने महान अभियान चलाएको छ । अभियानलाई सफल बनाउने जिम्मा स्थानीय जनप्रतिनिधिकै हो । यसलाई इमान्दारिताका साथ पूरा गर्न सक्रियता पूर्वक लाग्नुहोस् ।’

चौधरीले आफ्नै देशको नागरिकलाई विदेशी बनाउनु देशद्रोही काम भएको बताए। उनले भने, ‘आफ्नो नागरिकलाई विदेशी बनाएर बेच्नु देशद्रोही कार्य हो । यस्तो देशद्रोही कार्य गर्ने जो कोहीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

नगर प्रमुख गिता चौधरीले एक वर्षभित्र पालिकाभित्र भूमिहीनको अन्त्य गर्नेगरी काम गरिरहेको बताइन् । ‘हाम्रो तर्फबाट चाँडोभन्दा चाँडो काम सम्पन्न गर्नेगरी काम गरिरहेका छौं,’ नगर प्रमुख चौधरीले भनिन्, ‘नगरपालिकाले आउँदो वैशाखभित्र सबै भूमिहीनहरूको हातमा लालपुर्जा पर्नेगरी काम गरिरहेका छौं। सरोकारवाला सबै निकायको साथ र सहयोग गरे काम समयमै सम्पन्न हुन्छ ।’

प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले चुनाव र सरकार परिवर्तनका कारण केही समय ढिला भएको भए पनि आफ्नो तर्फबाट काम भइरहेको जनाए । प्रमुख प्रशासकीय अधिकृत शर्माले पालिकाले १४ जना जनशक्ति परिचालन गरी दुई महीनामा दुई हजार ३९४ घरधुरीको तथ्याङ्क संकलन गरेको जानकारी दिए ।

जसमध्येय भूमिहीन दलित ४४७, भूमिहीन सुकुम्वासी ११४ र अव्यवस्थित बसोवासी एक हजार ८५३ जनाको तथ्यांक लिइएको जानकारी दिए । उनले तथ्यांक संकलनको कार्य सम्पन्न भइसकेकाले अब आयोगसँगको समन्वयमा काम अगाडि बढ्ने बताए ।

लालपूर्जा वितरण कार्यक्रममा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष हरेराम यादव, जिल्ला समन्वय समितिका अध्यक्ष शिवनारायण साह, पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, भूमि विज्ञ पञ्चदेव चौधरी, हरुवा चरुवा अधिकार मञ्च सप्तरीका अध्यक्ष देवलाल राम लगायतले शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ३ : ५६ बजे

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ