काठमाडौँ महानगरको ‘सीप र शिक्षा’ अभियान : सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षामा जोड « Khabarhub

काठमाडौँ महानगरको ‘सीप र शिक्षा’ अभियान : सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षामा जोड


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पालिकाभित्रका ५६ सामुदायिक विद्यालयमा ‘सीप र शिक्षा’ अभियान लागू गरेको छ । महानगरले लागू गरेको यो अभियान पछिल्लो समय चर्चाको विषय बनेको छ ।

यस अभियानबाट विद्यालयमै प्राविधिक शिक्षा र सीप दिएर विद्यार्थीलाई आत्मनिर्भर बनाउने महानगरको लक्ष्य छ । यो अभियानको अवधारणा, योजना, सम्भावना र यसले आगामी दिनमा अन्य पालिका र क्षेत्र तथा विद्यालयमा पार्ने प्रभावका विषयमा छलफल गर्न खबरहब र रेडियो क्यान्डिडले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित ‘शिक्षामा सिप कार्यक्रमको प्रभावकारिता’ विषयक अन्तर्क्रियाका सहभागीहरूले महानगरपालिकाले अघि सारेको यस अभियानको स्वागत गरेका छन् । कार्यक्रममा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सैद्धान्तिक ज्ञानलाई विद्यार्थीले व्यवहारमा परिवर्तन नगरेको कारण यो अभियान लागू गरिएको बताए ।

विद्यार्थीहरु पुस्तकमा मात्र सीमित भएका कारण यो अभियान सञ्चालन गरिएको उनको भनाइ छ । उनले सीपको सम्मान गरे मात्र बाँच्न सकिन्छ भन्ने उद्देश्यका साथ स्थानीय पाठ्यक्रमको अवधारणा ल्याएको धारणा राखे ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइराला

कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद सुवेदीले विद्यार्थीहरूमा सैद्धान्तिक लेबल मात्र हुने भएको हुँदा प्रयोगात्मक शिक्षालाई जोड दिने उद्देश्यले यो अभियान ल्याएको बताए । साथै उनले महानगरको यो अवधारणालाई व्यवहारमा उतार्न पाठ्यक्रम डिजाइन गर्ने व्यक्तिहरूसँग पनि सहकार्य गरिने बताए ।

उनले यस अभियानबाट विद्यार्थीलाई अन्य विषयमा असर नपरोस् भन्नाका लागि ९० घण्टाको समय निर्धारण गरेको जानकारी दिए । साथै उनले ९ कक्षादेखि सीप सिक्न सुरु भएर १२ कक्षा पढेपछि विद्यार्थीलाई सिकेको सीपअनुसारको प्रमाणपत्र महानगरले नै दिने बताए ।

साथै उनले साना कक्षाहरूमा अर्थात् आधारभूत विद्यालयहरूमा बालबालिकालाई जीवन उपयोगी सिप सिकाउन आग्रह गरे । यो कार्यक्रम निजी स्कुलहरूले पनि महानगरमा निवेदन लिएर अगाडि बढाउन सक्ने उनको भनाइ छ ।

शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद सुवेदी

कार्यक्रममा प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) का निर्देशक डा. अनोज भट्टराईले सैद्धान्तिक शिक्षाले मात्र नहुने भन्दै विद्यार्थीमा श्रम शिक्षा आवश्यक रहेको बताए । उनले विद्यार्थीहरुले कामको सम्मान गरुन् भन्ने उद्देश्यबाट यस कार्यक्रम अघि सारिएको बताए । विद्यार्थीको सीप पारिवारिक रूपमा पनि प्रयोग गर्न सकिने उनको भनाइ छ । भट्टराईले यस प्रकारका कार्यक्रम अन्य स्थानीय तहका लागि पनि आवश्यक रहेको उल्लेख गरे ।

प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) का निर्देशक डा. अनोज भट्टराई

कार्यक्रममा शिक्षा पत्रकार समूहकी वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपतिले महानगरपालिकाले पालिकाभित्रका ८९ वटा सामुदायिक विद्यालयमध्ये ५६ वटा विद्यालयले मात्र यो अवसर किन र कसरी पाए ? भन्ने प्रश्न गरिन् । साथै उनले यस अभियानमा छुट्याइएको रकमबारे पनि प्रश्न गरिन् ।

शिक्षा पत्रकार समूहकी वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपति

कार्यक्रममा यो अभियानलाई अवलम्बन गरिसकेका विद्यालयका शिक्षकहरूले यसबाट विद्यार्थीहरुमा हौसला बढेको प्रतिक्रिया दिए । यसबाट विद्यार्थीहरु सिप सिकेर स्वदेशमा नै केही गर्न सक्षम हुने उनीहरूको विश्वास छ ।

कार्यक्रममा सहभागीहरु

यस अभियानले विदेश जाने विद्यार्थीलाई स्वदेशमा नै स्वरोजगार हुने वातावरण बनाउने उनीहरुको अपेक्षा छ ।

कार्यक्रममा सीप सिकिरहेका विद्यार्थीहरुले सीप सिक्न पाउँदा खसिलागेको बताएका छन् । विद्यार्थीहरुले हामीले सिकेका सिप घर परिवारमा प्रयोग गर्ने खालका छन् जसले गर्दा यो सिप घरमा प्रयोग गर्छौँ जसले गर्दा पैसा पनि बच्ने र समय पनि बच्ने बताए ।

कार्यक्रममा पद्मकन्या माविका प्रधानाध्यापक रिता तिवारी, जनकल्याण माविका प्रधानाध्यापक कुमारी कमला राई, पञ्चकन्या माविका प्रधानाध्यापक विनीता रञ्जित, सरस्वती निकेतनका प्रधानाध्यापक रवीना महर्जन, नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधार र विश्व निकेतन माविका शिक्षक डिल्लीराम पौडेल सहभागी थिए ।

त्यसैगरी, विद्यालय व्यवस्थापन समिति महासङ्घका सचिव मञ्जु नेपाल, पद्यमोदय माविका प्रधानाध्यापक नारायण गौतम, ब्युटिसियन टिचर सरु प्याकुरेल, निल बराही माविकी प्रधानाध्यापक डा.जानुका नेपाल खबरहबका अध्यक्ष नरेश श्रेष्ठसहित विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ८ : १३ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष