भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्छ : राजेन्द्र लिङ्देन « Khabarhub

भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्छ : राजेन्द्र लिङ्देन


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन्।

पार्टीले भ्रष्टाचारविरुद्ध वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा उनले उक्त प्रकरणमा संलग्नलाई संरक्षणको प्रयास भइरहेको बताउँदै भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्ने बताए।

विदेशी चासोका कारण शरणार्थी प्रकरण अनुसन्धान अगाडि बढेको भन्दै यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई दण्डित गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापित गर्न देशभर अभियान गरी जनतालाई मुलुकको वर्तमान अवस्थाबारे सुसूचित गराउने जानकारी दिए।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ८ : ५५ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्