अवैध आप्रवासीमाथि बेलायतको कडाइ, छापास्थलमै पुगे प्रधानमन्त्री सुनक « Khabarhub

अवैध आप्रवासीमाथि बेलायतको कडाइ, छापास्थलमै पुगे प्रधानमन्त्री सुनक


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको गृह विभागका अधिकारीहरूले अवैध आप्रवासीहरूमाथि छापा मारेका छन्। सो क्रममा देशव्यापी खोज अभियानमार्फत २० देशका १ सय ५ विदेशी नागरिक पक्राउ परेका छन् ।

बेलायती गृह विभागले गरिरहेको छापाको अवलोकन तथा अनुगमन गर्नका लागि केही स्थानमा प्रधानमन्त्री ऋषि सुनक आफैँ सहभागी भएका थिए । प्रधानमन्त्री सुनक बुलेटप्रुफ भेस्ट लगाएर ब्रेन्ट (उत्तरी लन्डन) मा अध्यागमन प्रवर्तन अधिकारीहरूसँग गएका हुन् । 

उनले गृह विभागका अधिकारीहरूले गरिरहेको छापाको कामको अवलोकन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मूलका बेलायती प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम चुनावअघि नै अवैध आप्रवासीविरुद्धको कारबाहीलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् ।

देशका आन्तरिक मन्त्री सुएला ब्रेभरम्यानले भनिन्, ‘अवैध कामले हाम्रा जनतालाई हानी पुर्‍याउँछ, इमानदार कामदारलाई रोजगारीबाट ठगिएको छ र कर तिरेर सार्वजनिक कोषमा ठगी भएको छ । अध्यागमन प्रवर्तन अधिकारीहरूले सो अपरेशनको क्रममा बेलायतमा अवैध प्रतिष्ठानहरूमा छापा मारेका थिए । 

अधिकारीहरूले १ सय ५९ स्थानमा छापा मारेर १०५ विदेशी नागरिकलाई पक्राउ गरिसकेका छन् । उनीहरु रेस्टुरेन्ट, कार धुने, नेल बार, नाई पसल र सुविधा स्टोर लगायतका व्यवसायिक परिसरबाट पक्राउ परेका हुन् ।

अवैध कारोबार गर्ने, नक्कली कागजात राख्नेलगायतका कसुरमा अभियुक्त पक्राउ परेका छन् भने कतिपय ठाउँमा नगद समेत बरामद गरिएको छ । सो छापा हान्ने काम निरन्तर जारी रहने जनाईएको छ ।  

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ३९ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी