अवैध आप्रवासीमाथि बेलायतको कडाइ, छापास्थलमै पुगे प्रधानमन्त्री सुनक | Khabarhub Khabarhub

अवैध आप्रवासीमाथि बेलायतको कडाइ, छापास्थलमै पुगे प्रधानमन्त्री सुनक


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको गृह विभागका अधिकारीहरूले अवैध आप्रवासीहरूमाथि छापा मारेका छन्। सो क्रममा देशव्यापी खोज अभियानमार्फत २० देशका १ सय ५ विदेशी नागरिक पक्राउ परेका छन् ।

बेलायती गृह विभागले गरिरहेको छापाको अवलोकन तथा अनुगमन गर्नका लागि केही स्थानमा प्रधानमन्त्री ऋषि सुनक आफैँ सहभागी भएका थिए । प्रधानमन्त्री सुनक बुलेटप्रुफ भेस्ट लगाएर ब्रेन्ट (उत्तरी लन्डन) मा अध्यागमन प्रवर्तन अधिकारीहरूसँग गएका हुन् । 

उनले गृह विभागका अधिकारीहरूले गरिरहेको छापाको कामको अवलोकन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मूलका बेलायती प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम चुनावअघि नै अवैध आप्रवासीविरुद्धको कारबाहीलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् ।

देशका आन्तरिक मन्त्री सुएला ब्रेभरम्यानले भनिन्, ‘अवैध कामले हाम्रा जनतालाई हानी पुर्‍याउँछ, इमानदार कामदारलाई रोजगारीबाट ठगिएको छ र कर तिरेर सार्वजनिक कोषमा ठगी भएको छ । अध्यागमन प्रवर्तन अधिकारीहरूले सो अपरेशनको क्रममा बेलायतमा अवैध प्रतिष्ठानहरूमा छापा मारेका थिए । 

अधिकारीहरूले १ सय ५९ स्थानमा छापा मारेर १०५ विदेशी नागरिकलाई पक्राउ गरिसकेका छन् । उनीहरु रेस्टुरेन्ट, कार धुने, नेल बार, नाई पसल र सुविधा स्टोर लगायतका व्यवसायिक परिसरबाट पक्राउ परेका हुन् ।

अवैध कारोबार गर्ने, नक्कली कागजात राख्नेलगायतका कसुरमा अभियुक्त पक्राउ परेका छन् भने कतिपय ठाउँमा नगद समेत बरामद गरिएको छ । सो छापा हान्ने काम निरन्तर जारी रहने जनाईएको छ ।  

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ३९ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा