चाहेजस्तो व्यवस्थापन भए एमालेमा जान्छु : वामदेव गौतम « Khabarhub

चाहेजस्तो व्यवस्थापन भए एमालेमा जान्छु : वामदेव गौतम


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले चाहेको जस्तो व्यवस्थापन भए टिम सहित एमालेमा जाने बताएका छन् ।

आइतबार एमाले पार्टी कार्यालयमा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दै गौतमले एकता राष्ट्रिय अभियानलाई एमालेसँग एकीकृत गराइदिन आफू तयार रहेको भन्दै यसका लागि एमालेले आवश्यक व्यवस्थापन गरिदिनुपर्ने बताएका हुन् । 

भेटमा आवश्यक व्यवस्थापनका लागि अघि बढ्न एमाले अध्यक्ष ओलीलाई भनेको गौतमले जानकारी दिए । गौतमले पार्टीमा सबैभन्दा बढि जिम्मेवार प्राप्त नेता भन्दा कम जिम्मेवारी नदिन समेत आग्रह गरेको धारणा राखे । उनले आफू बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरि जिम्मेवारी पाउनुपर्ने आफ्नो माग रहेको र सबै व्यवस्थापन भएपछि मात्रै एमालेमा आउने स्पष्ट पारे ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्षमा पुगिने बताएका थिए ।  एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतम एमालेमा फर्कन इच्छुक देखिएका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ३ : ४२ बजे

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट

अखिलले आफैँ वितरण गर्‍यो राहत

रसुवा–  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपीडितलाई