प्रतिनिधिसभा बैठक : नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेमा जोड | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेमा जोड


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजन केसीले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।  विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथिको छलफलका क्रममा उनले सो कुरामा जोड दिएका हुन्  ।

सांसद मेनकाकुमारी पोखरेलले बजेटले समग्र देशलाई समेट्नुपर्ने भए पनि राजनीतिक दलको शक्तिको आधारमा बजेट ल्याइएको भन्दै गुनासो गरिन् । उनले भनिन् ‘खासगरी बजेटमा मुटु, मधुमेह, क्यान्सर जस्ता रोगका लागि सरकारले बजेटको कुनै व्यवस्था गरेको छैन, स्वास्थ्य मन्त्रालयले सचेतनाका लागि कुनै ध्यान दिएको छैन, यसलाई स्थानीय तहसम्म पुर्‍याउन आवश्यक छ ।’ संघीय मन्त्रालय सबै कर्मचारीको मन्त्रालय भए पनि सही तथ्यांक दिन नसकेको उनको भनाइ छ । 

सांसद छिरिङ डम्डोल लामा भोटेले मेडिकल माफियालाई पत्ता लगाएर कारबाही गर्नुपर्ने माग गरे। सांसद देवप्रसाद तिमिल्सिनाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्नुपर्छ भने । आम सर्वसाधारण जनताको स्वास्थ्यमा सहज पहुँच हुनुपर्ने उनको भनाइ छ । सांसद दामोदर पौडेल वैरागीले भोलि नै नागरिकता विधेयक संसद्मा ल्याएर पास गरेर जनतालाई सहज बनाउन आग्रह गरे । संघीय निजामती ऐन जतिसक्दो चाँडो ल्याएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । 

सांसद सञ्जयकुमार गौतमले चालु खर्च बढेको, विकास खर्चहरू कम भएको भन्दै यो राष्ट्रिय समस्या भएको बताए। सांसद हेमराज राईले सरकार संघीयता कार्यान्वयन गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखे । सांसद लीलादेवी बोखेम लिम्बूले पूर्वका विभिन्न जिल्लामा गए राति भएको अविरल वर्षाका कारण भएको भएको मानवीय र भौतिक क्षतिबारे सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।   

सांसद नारायणप्रसाद आचार्यले स्वास्थ्य बीमालाई अझै व्यवस्थित गर्नुपर्ने माग गरे । सांसद रामशंकर यादवले दलका नेताहरूले आ–आफ्नो पहुँचका आधारमा आफ्नो जिल्लामा बजेट छुट्याउन गरेको आरोप लगाए । सांसद सम्झना थपलियाले बालविवाह रोक्नका लागि सरकारले तराईका जिल्लामा प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। 

सांसद प्रेमबहादुर महर्जनले मानसिक स्वास्थ्यका बारेमा बजेटको व्यवस्था नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको अर्को बैठक सोमबार भोलि ११ बजे बस्नेछ । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ६ : ५७ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना