गोरखाका विपन्न बालबालिकालाई विद्यालय पोशाक’ वितरण « Khabarhub

गोरखाका विपन्न बालबालिकालाई विद्यालय पोशाक’ वितरण


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समाजसेवी डा. विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेकी छन् ।

उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका १२१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गरेकी हुन् ।

वडा कार्यालयको आग्रह र नेपाल दलित महिला उत्थान सङ्घ(९एड्वान)की अध्यक्ष बिन्दु थापा परियारको समन्वयमा उक्त सामग्री वितरण गरिएको हो ।

सो अवसरमा अध्यक्ष परियारले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको बताइन् । लखन –७ का वडाध्यक्ष शरण श्रेष्ठले सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन सबैको प्रयत्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ७ : ५८ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको