फोहोर विसर्जनमा आज पनि स्थानीयको अवरोध « Khabarhub

फोहोर विसर्जनमा आज पनि स्थानीयको अवरोध


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय बासिन्दाले आज पनि काठमाडौँको फोहोर विसर्जनमा अवरोध गरेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी बिहानैदेखि सडकमा निस्किएको जनाइएको छ ।

स्थानीयवासी यसअघि सरकार र काठमाडौँ महानगरपालिकासँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै हिजोदेखि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले हिजो काठमाडौँबाट फोहोर लिएर गएका टिपरलाई अवरोध गरेपछि टिपर फोहोर विसर्जन नगरी फर्किएका थिए । 

आज काठमाडौँबाट फोहोर बोकेका गाडी नगएको भए पनि स्थानीय सडकमा निस्किएका छन् । हिजो फोहोर लिएर गएका केही टिपर सडक छेउमा पार्किङ गरेर राखिएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १२ : ०३ बजे

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि