बर्दिबासमा निःशुल्क रगत प्रदान गर्ने नीति तथा कार्यक्रम पारित « Khabarhub

बर्दिबासमा निःशुल्क रगत प्रदान गर्ने नीति तथा कार्यक्रम पारित


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिबास नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत प्रदान गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । तर, यसको कार्यान्वयनको पक्षलाई लिएर आशंका उब्जिएको थियो । नगरपालिकाको उक्त नीतिले कोही रगतको अभावमा मर्ने त कोही रगत भए पनि पैसाको अभावमा मर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा बर्दिबास रेडक्रस सोसाईटीका पूर्वसभापति मुकुन्द पौडेलको छ । कार्यान्वयनको पक्षलाई लिएर भने उनी सशंकित थिए । 

गत सोमबार बेलुका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले  बर्दिबास–४ स्थित वरडाडा बस्ने बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर रगत हस्तान्तरण गरेपछि पौडेल ढुक्क भए कि अब पैसा नभएर कोही पनि नगरवासीहरु रगत नपाएर मर्नुपर्दैन

निःशुल्क रगत प्रदान गर्ने नगरको नीतिलाई औपचारिक रुपमा कार्यान्वयन गरेको नगरप्रमुख क्षेत्रीले बताए । रेडक्रस सोसाईटीका सभापति सुदीप कार्कीको अनुसार बर्दिबासमा मात्र अहिले मासिक दुई सयभन्दा बढी बिरामीहरुलाई रगतको अभाव हुने गरेको छ । ‘संस्थागत हो सहयोग गर्न पनि नसकिने रहेछ । व्यक्तिगत सहयोग त गर्छौं, तर त्यो पनि सधैँभरि सम्भव नहुने रहेछ,’ उनले भने । 

रेडक्रस सोसाइटीका अर्का सदस्य गोपाल बरालले भन्छन्, ‘रगत सहज ढंगले पाए पनि पैसाको अभावमा रगत किन्न नसक्ने धेरै नगरवासीहरुको नगरप्रमुखले ज्यान बचाएका छन् ।’

कतिपय बिरामीलाइ महिनामा चारपटकसम्म रगत लिन रेडक्रस आउनुपर्ने हुन्छ । एक युनिट रगतको १४ सय रुपैयाँ तिर्नुपर्ने हुँदा विपन्न र गरिब समुदायको लागि मासिक ५ हजार रगतमा नै खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

यस्तै कठिन अवस्थाको अनुभव गरेकी छन बर्दिबास–८ खजुरियाकी अर्पणा लुङगेलीले । बर्दिबासस्थित डिएनवी अस्पतालका डा. प्रविण मिश्रसँग उपचार गराउँदा उनको आन्द्रा फुटेको र मुखबाट अत्याधिक रगत बगेको हुनाले पटक–पटक रगत चाहिराख्ने चिकित्सकले सुझाएका थिए ।

आर्थिक स्थिति कमजोर भएकी लुङ्गेलीले जेनतेन उपचार गराइरहे पनि रगत कसरी ल्याउने होला भन्ने पिरलो थियो । लुङ्गेलीले रेडक्रसवाट विपन्न राहत कोषका माध्यमबाट रगत दिइरहेको त थाहा पाइनँ, तर प्रक्रियाको झन्झटिलोले उनलाई थप तनाव सृजना भयो ।

सम्बन्धित वडाबाट आर्थिक स्थिति कमजोर भएको प्रमाणित गराउनुदेखि रेडक्रसलाई रगत प्रदान गर्न दिने सिफारिस लिन नै उनले दिनहुँ समस्या झेलिन् । तर, नगरपालिकाले पास गरेको नीति तथा कार्यक्रमले भने अब त्यो झन्झटबाट मुक्त भएको महसुस गराएको छ । 

नगरवासी भएको प्रमाण मात्र पेस गरेपछि रगत पाउने नगरले नीति बनाएको सुनेपछी लुङ्गेली निकै खुसी भएकी छन्। ‘अब मजस्ता गरिब कागज बनाउन अल्मल्लिनुनपर्ने रहेछ खुसी लाग्यो,’ उनले भनिन् ।

 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  २ : ३१ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर