गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडित आन्दोलित  « Khabarhub

गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडित आन्दोलित 


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।

मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो।

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधन गरे पनि संघर्ष समितिले उक्त कानुनले समेत मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन जारी रहेको छ।

समितिका प्रवक्ता नीर्ग नवीनले मिटरब्याजसम्बन्धी संसद्ले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताए।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ५ : ४० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्