हेवाखोलामा फेला परेको शवको पहिचान खुल्यो « Khabarhub

हेवाखोलामा फेला परेको शवको पहिचान खुल्यो


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो ।

चैनपुर–४ हेँवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले सुपर हेँवाखोलमा हाइड्रोपावरका १७ मजदुर बेपत्ता बनाएको थियो ।

शव हाइड्रोपावरको टनेलभित्र फेला परेको थियो । थारुको शव आज आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा पोष्टमार्रटम गरिएको छ । बाढीपहिरामा परेको अन्य १८ अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । तीमध्ये तीन जनाको शव हालसम्म फेला परिसकेको छ । दुई वर्षसम्म नभेटिएको अवस्थामा मृतक मान्ने प्रावधान छ ।

प्राकृतिक प्रकोपको हकमा नेपाल सरकारले नै निर्णय गर्नुपर्छ । बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घर परिवार विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले तीन वटा पक्की पुलमा क्षति पुर्याएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौको क्षतिको भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : ३४ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद