जंगली च्याउ खाँदा रोल्पामा एकको मृत्यु « Khabarhub

जंगली च्याउ खाँदा रोल्पामा एकको मृत्यु


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोल्पामा जंगली च्याउ खाएर एकजनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका ५ बुझिङकी रोशनी विकको उपचारको क्रममा मुत्यु भएको हो ।

उनको मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गत असार २६ गते जंगली च्याउ खाँदा बुझिङका २६ वर्षीय बिमला विक, सात वर्षीया रोशनी विक, २४ वर्षीय दिलमाया विक, ६ वर्षीय आकृति विक र २३ वर्षीय ऋतु विक बिरामी भएका थिए ।

बिरामी भएपछि उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल रिफर गरिएको थियो ।

 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ४९ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट