जंगली च्याउ खाँदा रोल्पामा एकको मृत्यु « Khabarhub

जंगली च्याउ खाँदा रोल्पामा एकको मृत्यु


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोल्पामा जंगली च्याउ खाएर एकजनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका ५ बुझिङकी रोशनी विकको उपचारको क्रममा मुत्यु भएको हो ।

उनको मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गत असार २६ गते जंगली च्याउ खाँदा बुझिङका २६ वर्षीय बिमला विक, सात वर्षीया रोशनी विक, २४ वर्षीय दिलमाया विक, ६ वर्षीय आकृति विक र २३ वर्षीय ऋतु विक बिरामी भएका थिए ।

बिरामी भएपछि उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल रिफर गरिएको थियो ।

 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ४९ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद