बीमाबाट क्षतिपूर्ति रकम लिन श्रीमतीको हत्या गर्ने पक्राउ « Khabarhub

बीमाबाट क्षतिपूर्ति रकम लिन श्रीमतीको हत्या गर्ने पक्राउ


१ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

बारा– श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका–२६ का नाथु देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

देवानसँगै श्रीमतीको मृत्यु भए बीमाबाट मोटो रकम आउने भन्दै उनलाई उक्साएको आरोमा एसियन लाइफ इन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अन्सारी पनि पक्राउ परेका छन् । अर्का एकजनाको भने नाम खुलेको छैन ।

देवानले अन्दाजी ४० वर्षीया पत्नी हजरा खातुनको नाममा एशियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैयाँको जीवन बीमा गराएका थिए ।

गत वर्ष भदौमा हजराको मृत्यु भएको थियो । बीमा अभिकर्ता अन्सारीमार्फत उनले श्रीमती खातुनको नाममा २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५–२५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा गराएका थिए ।

हजराको गतवर्ष भदौमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिएको थियो । सवारी दुर्घटनामा मृत्यु भएको भनी आवश्यक कागजात बनाएर उनले बीमा दावी गरेपछि २०८० साल असारमा बीमा कम्पनीले देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ क्षतिपूर्ति भुक्तानी गरेको थियो ।

देवानले बीमाबाट रकम बुझिसकेपछि देवान पत्नी हजराको मृत्यु शंकास्पद भएको सूचना पाएको प्रहरीले देवानलाई सोही समयदेखि निगरानीमा राखेको थियो । 

देवानले श्रीमतीको आफूले नै हत्या गरेर दुर्घटनाको नाटक गरेर बीमा कम्पनीबाट रकम निकालेको भन्दै हिँडेको पाइएपछि उनलाई  प्रहरीले पक्राउ गरेको हो । उनले घाँटीमा सलले बेरेर श्रीमतीको हत्या गरेका थिए ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिनकै लागि श्रीमतीको हत्या गरिएको पुष्टि भएको बताए । 

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ७ : १५ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा