बीमाबाट क्षतिपूर्ति रकम लिन श्रीमतीको हत्या गर्ने पक्राउ « Khabarhub

बीमाबाट क्षतिपूर्ति रकम लिन श्रीमतीको हत्या गर्ने पक्राउ


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

बारा– श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका–२६ का नाथु देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

देवानसँगै श्रीमतीको मृत्यु भए बीमाबाट मोटो रकम आउने भन्दै उनलाई उक्साएको आरोमा एसियन लाइफ इन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अन्सारी पनि पक्राउ परेका छन् । अर्का एकजनाको भने नाम खुलेको छैन ।

देवानले अन्दाजी ४० वर्षीया पत्नी हजरा खातुनको नाममा एशियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैयाँको जीवन बीमा गराएका थिए ।

गत वर्ष भदौमा हजराको मृत्यु भएको थियो । बीमा अभिकर्ता अन्सारीमार्फत उनले श्रीमती खातुनको नाममा २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५–२५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा गराएका थिए ।

हजराको गतवर्ष भदौमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिएको थियो । सवारी दुर्घटनामा मृत्यु भएको भनी आवश्यक कागजात बनाएर उनले बीमा दावी गरेपछि २०८० साल असारमा बीमा कम्पनीले देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ क्षतिपूर्ति भुक्तानी गरेको थियो ।

देवानले बीमाबाट रकम बुझिसकेपछि देवान पत्नी हजराको मृत्यु शंकास्पद भएको सूचना पाएको प्रहरीले देवानलाई सोही समयदेखि निगरानीमा राखेको थियो । 

देवानले श्रीमतीको आफूले नै हत्या गरेर दुर्घटनाको नाटक गरेर बीमा कम्पनीबाट रकम निकालेको भन्दै हिँडेको पाइएपछि उनलाई  प्रहरीले पक्राउ गरेको हो । उनले घाँटीमा सलले बेरेर श्रीमतीको हत्या गरेका थिए ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिनकै लागि श्रीमतीको हत्या गरिएको पुष्टि भएको बताए । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ७ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन