घाँस काट्दै गरेकी श्रीमतीको हत्या « Khabarhub

घाँस काट्दै गरेकी श्रीमतीको हत्या


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् ।

घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  १० : १७ बजे

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर– हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको

गालीगलौजमा उत्रिन थाले पार्टी बैठक र प्रतिवेदन छल्दै हिँडेका ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह प्रदेश कोशी