लुम्बिनी बौद्ध विश्वविद्यालयमा शीघ्र उपकुलपति नियुक्ति गर्न चार बौद्ध संस्थाको माग « Khabarhub

लुम्बिनी बौद्ध विश्वविद्यालयमा शीघ्र उपकुलपति नियुक्ति गर्न चार बौद्ध संस्थाको माग


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल भिक्षु महासंघ (थेरवाद), नेपाल बौद्ध महासङ्घ (महायान), नेपाल परम्परागत बौद्ध धर्म सङ्घ (बज्रयान) र धर्मोदय सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा अविलम्ब योग्य उपकुलपतिको नियुक्ति गर्न नेपाल सरकारसँग माग गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिको नियुक्तिमा हुने ढिलासुस्तीले नेपाली बौेद्ध जगत् एवम् विश्व बौद्ध जगतमासमेत नकारात्मक सन्देश प्रवाह हुने तथ्यमा नेपाल सरकार एवम् कुलपति संवेदनशील हुनु अत्यन्तै जरुरी रहेको उल्लेख गर्दै चारैवटा संस्थाले आज एक संयुक्त प्रेस विज्ञप्तिमार्फत भनेका छन् – “अन्तर्राष्ट्रिय बौद्ध जगतको अपेक्षाअनुसार सम्बन्धित क्षेत्रकै प्राज्ञिक व्यक्तिलाई उपकुलपति पदमा नियुक्ति दिनु अति उत्तम हुने व्यावहारिक पक्षलाई समेत ध्यानमा राख्नु अत्यन्तै जरुरी छ ।”

विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्रीलाई उपकुलपति पदमा योग्य व्यक्तिलाई यथाशीघ्र नियुक्ति गर्न चारै संस्थाको एक प्रतिनिधिमण्डलले २०७९ चैत ७ गते भेटवार्ता गरी अनुरोध गरेको स्मरण पनि भिक्षु धम्मशोभन महास्थविर, खेम्पो लामा कमल भण्डारी, प्रा. डा. नरेशमान बज्राचार्य र सागरमान बज्राचार्यद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ४ : ०० बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा