लुम्बिनी बौद्ध विश्वविद्यालयमा शीघ्र उपकुलपति नियुक्ति गर्न चार बौद्ध संस्थाको माग « Khabarhub

लुम्बिनी बौद्ध विश्वविद्यालयमा शीघ्र उपकुलपति नियुक्ति गर्न चार बौद्ध संस्थाको माग


१ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल भिक्षु महासंघ (थेरवाद), नेपाल बौद्ध महासङ्घ (महायान), नेपाल परम्परागत बौद्ध धर्म सङ्घ (बज्रयान) र धर्मोदय सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा अविलम्ब योग्य उपकुलपतिको नियुक्ति गर्न नेपाल सरकारसँग माग गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिको नियुक्तिमा हुने ढिलासुस्तीले नेपाली बौेद्ध जगत् एवम् विश्व बौद्ध जगतमासमेत नकारात्मक सन्देश प्रवाह हुने तथ्यमा नेपाल सरकार एवम् कुलपति संवेदनशील हुनु अत्यन्तै जरुरी रहेको उल्लेख गर्दै चारैवटा संस्थाले आज एक संयुक्त प्रेस विज्ञप्तिमार्फत भनेका छन् – “अन्तर्राष्ट्रिय बौद्ध जगतको अपेक्षाअनुसार सम्बन्धित क्षेत्रकै प्राज्ञिक व्यक्तिलाई उपकुलपति पदमा नियुक्ति दिनु अति उत्तम हुने व्यावहारिक पक्षलाई समेत ध्यानमा राख्नु अत्यन्तै जरुरी छ ।”

विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्रीलाई उपकुलपति पदमा योग्य व्यक्तिलाई यथाशीघ्र नियुक्ति गर्न चारै संस्थाको एक प्रतिनिधिमण्डलले २०७९ चैत ७ गते भेटवार्ता गरी अनुरोध गरेको स्मरण पनि भिक्षु धम्मशोभन महास्थविर, खेम्पो लामा कमल भण्डारी, प्रा. डा. नरेशमान बज्राचार्य र सागरमान बज्राचार्यद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा गरिएको छ ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ४ : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको