अक्षय कुमारको ‘वेलकम ३’ को रिलिज मिति तय « Khabarhub

अक्षय कुमारको ‘वेलकम ३’ को रिलिज मिति तय


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमारको हिट फ्रेन्चाइजी ‘वेलकम’को तेस्रो शृंखला ‘वेलकम टु द जंगल’को हालै घोषणा गरिएको थियो । यो फिल्ममा अक्षय कुमार शीर्ष भूमिकामा हुनेछन् भने नाना पाटेकर र अनिल कपुरको स्थानमा सञ्जय दत्त र अरशद वारसी देखिनेछन् ।

यसैबीच निर्माता फिरोज नाडियाडवालाले ‘वेलकम ३’ को रिलिज मिति तय गरेका छन् । यो फिल्म सन् २०२४ को क्रिसमसमा रिलिज हुने भएको छ ।

‘जोली एलएलबी ३’ र ‘हाउसफुल ५’ को छायांकन पूरा गरिसकेपछि अक्षयले ‘वेलकम ३’ को सुटिङ सुरु गर्ने जनाइएको छ । निर्माता नाडियाडवालाले यो फ्रेन्चाइजी कमेडी फिल्मको तेस्रो शृंखला सैनिक एक्सनको पृष्ठभूमिमा आधारित हुने जनाएका छन् ।

फिल्मको ६५ देखि ७० प्रतिशत छायांकन जंगलमा गरिने जनाइएको छ । फिल्मको छायांकन आगामी वर्षको सुरुवातबाट गरिने नाडियाडवालाले बताएका छन् ।

(स्रोतः एनआई)

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ५७ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले