नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी « Khabarhub

नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताएका छन् । आज नेपाल–बङ्गलादेश मैत्री सङ्घले काठमाडौँमा आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रममा उनले नेपाल–बङलादेशको सम्बन्ध परापूर्वकालदेखिको रहेकाले हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताए ।

उनले भने, “हामी बीचमा श्रमको आदान प्रादन हुनुपर्छ, राजनीतिक हिसाबले उतार चढाव भए पनि हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ ।” उनले नेपाल–बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध राजनीतिभन्दा बलियो भएको र कहिले नटुट्ने सम्बन्ध भएको जिकिर गरे ।

मन्त्री भण्डारीले नेपाल, भारत र बङ्गलादेश नजिकका मित्र देश भएकाले हाम्रो एक आपसमा मित्रता अधिक रहेको र एक अर्कालाई दुःख पर्दा हामीले एक आसपमा सहयोग आदान प्रदान गर्न आवश्यक रहेकोसमेत बताए । नेपाल–बङ्गलादेश मैत्री सङ्घले आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रमले तीन देशबीचको मित्रता अझ थप प्रगाढ भएको मन्त्री भण्डारीको भनाइ थियो ।

दिपायल सिलगढी नगरपालिका डोटीका नगरप्रमुख बाजीसिंह खड्काले नेपाल र बङ्गलादेशको सम्बन्धलाई सधा सर्वदा कायम राख्नतर्फ सधैँ अग्रसर रहने बताए । उनले भने, “हामीले अहिले बङ्गलादेशका नागरिकलाई नेपाल ल्याएका छौँ, हामी पनि बङ्गलादेश जानेछौँ, हाम्रो सम्बन्ध सदासर्वदा कायम राख्न हामी सधैँ तत्पर रहने छौँ ।” उनले बङ्गलादेशका नागरिकहरूलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड, बडिमालिका, अपिसैपाल, बडिकेदारलागयतका स्थानहरूको भ्रमणका लागि आग्रहसमेत गरे ।

डोटीको दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पर्यटन बोर्डको समन्वयमा नेपाल–बङ्गलादेश मैत्री सङ्घले उक्त नेपाल, भारत र बङलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रमको आयोजना गरेको थियो । उक्त समारोहमा नेपाल, भारत र बङ्गलादेशका दर्जनौँ स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : २५ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा