चिनियाँ रक्षा उपकरणको निर्यातमा गिरावट « Khabarhub

चिनियाँ रक्षा उपकरणको निर्यातमा गिरावट


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ रक्षा उपकरणको निर्यात घटेको पाइएको छ । पछिल्लो दशकमा चिनियाँ रक्षा उपकरणको निर्यात एक चौथाइले घटेको डाइरेक्टसको प्रतिवेदनमा उल्लेख छ । कमजोर गुणस्तर, खराब र अनियमित प्रदर्शनजस्ता कारणले चिनियाँ रक्षा उपकरण बिक्री हुन थालेको जनाइएको छ ।

डाइरेक्टसलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार चिनियाँ जनमुक्ति सेना आफैँ कमजोर गुणस्तरका हतियारको समस्यासँग जुझिरहेको छ । स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) का अनुसार सन् २०१६ देखि सन् २०२० मा यसअघिको सोही अवधिको तुलनामा चिनियाँ हतियारको निर्यात ७ दशमलब ८ प्रतिशतले खस्केको छ ।

त्यसैगरी, विश्व बजारमा चिनियाँ हतियारको अंश पनि ५ दशमलब ६ प्रतिशतबाट घटेर ५ दशमलब २ प्रतिशतमा झरेको छ ।

सुरुवाती चरणमा सस्तो मूल्यका कारण विश्व बजारमा चिनियाँ हतियारको माग बढिरहेको थियो । यद्यपि ती हतियारले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि भने निर्यात ओरालो लागेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : ४७ बजे

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।