चिनियाँ रक्षा उपकरणको निर्यातमा गिरावट « Khabarhub

चिनियाँ रक्षा उपकरणको निर्यातमा गिरावट


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ रक्षा उपकरणको निर्यात घटेको पाइएको छ । पछिल्लो दशकमा चिनियाँ रक्षा उपकरणको निर्यात एक चौथाइले घटेको डाइरेक्टसको प्रतिवेदनमा उल्लेख छ । कमजोर गुणस्तर, खराब र अनियमित प्रदर्शनजस्ता कारणले चिनियाँ रक्षा उपकरण बिक्री हुन थालेको जनाइएको छ ।

डाइरेक्टसलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार चिनियाँ जनमुक्ति सेना आफैँ कमजोर गुणस्तरका हतियारको समस्यासँग जुझिरहेको छ । स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) का अनुसार सन् २०१६ देखि सन् २०२० मा यसअघिको सोही अवधिको तुलनामा चिनियाँ हतियारको निर्यात ७ दशमलब ८ प्रतिशतले खस्केको छ ।

त्यसैगरी, विश्व बजारमा चिनियाँ हतियारको अंश पनि ५ दशमलब ६ प्रतिशतबाट घटेर ५ दशमलब २ प्रतिशतमा झरेको छ ।

सुरुवाती चरणमा सस्तो मूल्यका कारण विश्व बजारमा चिनियाँ हतियारको माग बढिरहेको थियो । यद्यपि ती हतियारले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि भने निर्यात ओरालो लागेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : ४७ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान