पाकिस्तानमा ७० जना कामदारमाथि लुटपाट « Khabarhub

पाकिस्तानमा ७० जना कामदारमाथि लुटपाट


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको कराँची सहरमा कारखानामा काम गर्ने ७० जना कामदारमाथि लुटपाट भएको छ । कराँचीको शाह फैसाल क्षेत्रमा ७० जना कामदारमाथि लुटपाटको घटना भएको एआरवाई न्यूजले जनाएको छ ।

मोटरसाइकलमा आएका लुटेराको समूहले उनीहरुमाथि लुटपाट गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

छाला कारखानामा काम गर्ने कामदार चढेको गाडी रोकी लुटराले लुटपाट गरेका थिए । लुटपाट गरेपछि लुटेराहरु फरार भएका थिए । पीडितमध्ये ६२ जना पुरुष र ८ जना महिला रहेको जनाइएको छ ।

लुटेराहरुले पीडितको मोबाइल फोनसमेत लुटेर लगेका थिए ।

घटनापछि प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ । पछिल्लो समय कमजोर सुरक्षा व्यवस्थाका कारण पाकिस्तानमा हिंसात्मक अपराधका घटना बढ्दै गएको बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ३ : ५४ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको