बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा  « Khabarhub

बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा 


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

मोरङ– बिग्रेड ब्वाइज बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो ब्रिगेड ब्वाइज क्लब र राजारानी क्लबले गोलरहित बराबरी खेलेका थिए । अन्तिममा खेलको छिनोफानो पेनाल्टी सुट आउटका आधारमा गरिएको थियो । 

पेनाल्टीमा ५–४ गालले नतिजा ब्रिगेड ब्वाइजको पक्षमा गएको थियो । बिग्रेडका कुशल देउवाले पाँचौ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच बिग्रेडका गोलकिपर विशाल सुनार घोषित भए ।

यसअघि आयोजक डाँगीहाट युथ क्लब र सलहेस युवा क्लब सिरहा सेमिफाइनल प्रवेश गरिसकेका छन् । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन् । 

आज झापाको बिर्तामोड युथ क्लब र चर्च ब्वाइज क्लब, काठमाडौँबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : २३ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र