त्रिदेशीय टी–ट्वान्टी सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै | Khabarhub Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आजदेखि काठमाडौँमा सुरु हुँदैछ । मूलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेन्ट्स (यूएई) को सामना गर्दैछ । 

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले यूएईसँग अहिलेसम्म कुल पाँच खेल खेलेको छ । जसमा यूएई तीन खेलमा विजयी हुँदा नेपालले दुई खेल जितेको छ ।

विश्वकप टी–ट्वान्टी छनोटको तयारीस्वरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।

नेपालले भोलि र कात्तिक ४ गते हङकङसँग खेल्नेछ भने कात्तिक ६ गते यूएईसँग दोस्रो खेल खेल्नेछ । यस्तै, यूएई र हङकङले भने कात्तिक ५ र ८ गते खेल्नेछन् ।

डबल राउन्ड रोविनमा हुने सिरिजको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा नै हुनेछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा आईसीसी विश्वकप टी–ट्वान्टी एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो सिरिज आयोजना गरिएकाे हो । 

यो सिरिजमा सन्दीप लामिछानेले भने नखेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण सिरिजबाट नाम फिर्ता लिएको बताएका छन् । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ५६ बजे

कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पूरा, संविधान संशोधनको एजेण्ड अलपत्र

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस

पानी नपर्दा सुक्यो धानको रोपो

सुनसरी– समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याडमै सुक्न

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

कैलाली– खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास

पाखोबारीमा झाडी फाँडेर तरकारी खेती

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले

फराकिलो जितसहित इङ्गल्यान्ड युरो कपको क्वार्टर फाइनलमा

काठमाडौं – वेल्समाथिको ६-१ को सफलतासहित इङ्गल्यान्ड युरो कप महिला